इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिमाकाे दशाैं साधारण भेला

बेसीशहर, २२ बैशाख ।

इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिकाे दशाैं साधारण भेला करापुटारमा सम्पन्न भएकाे छ ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेकाे प्रमुख अातिथ्यमा  शनिबार साधारण भेला सम्पन्न भएकाे हाे । साधारण भेलाकाे उद्घाटन गर्दै मेयर पाण्डेले गण्डकी प्रदेशकै प्रमुख धार्मिक स्थलकाे रूपमा रहेकाे इशानेश्वर महादेव मन्दिरकाे विकासका लागि नगरपालिकाले सक्दाे भूमिका खेल्ने बताए ।

उनले  धार्मिक पर्यटनकाे प्रशस्त सम्भावना रहेकाले इशानेश्वर मन्दिरकाे विकासका लागि संघीय सरकार र प्रदेश सरकारलाइ पनि याेजना बनाउन अाग्रह गरे ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली कांग्रेस लमजुङका नेताहरू अानन्द घिमिरे, पूर्णचन्द्र पाेखरेल, मध्यनेपाल नगरपालिकामा नेकपाका अध्यक्ष रामचन्द्र पाैडेल लगायतले इशानेश्वर महादेव मन्दिरकाे विकासका लागि सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेलाले पुनः रामचन्द्र घिमिरे शास्त्रीकाे अध्यक्षतामा क्षेत्र विकास समितिकाे चयन गरेकाे छ । समितिकाेबरिष्ट उपाध्यक्षमा मदन कुमार न्याैपाने, महिला उपाध्यक्षमा राज्यलक्ष्मी साेती , दलित उपाध्यक्षमा लक्ष्मण विश्वकर्मा र
जनजाति उपाध्यक्षमा भिमबहादुर भुजेललाइ चयन गरेकाे छ ।

त्यस्तै समितिकाे महासचिवमा कृष्ण वराल, सचिवमा  शंकरराज घिमिरे
काेषाध्यक्षमा गजेन्द्र राज घिमिरे र सदस्यहरूमा रामकृष्ण पाेखरेल, महेश पाण्डे , तिलक खड्का , माधव प्रसाद घिमिरे र ताराशाली घिमिरेलाइ चयन गरेकाे छ । भेलाले लेखा समिति संयाेजकमा रामचन्द्र साेती र सदस्यहरूमा यदुकान्त घिमिरे र हरीकृष्ण घिमिरलाइ चयन गरेकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *