बाघेता युनाइटेड क्लब को चौथो बार्षिकाेत्सव

बेलिना थापा

बेसीशहर, २२ बैशाख ।

मस्र्याङदी गाउँपालिकाका बाहुनडाँडा, घेर्मु, ताघ्रिङका युवाहरुको संगठित क्लब बाघेता युनाइटेड क्लबको चौथो बार्षिकोत्सव भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

बार्षिकोत्सव क्लबका अध्यक्ष विष्णु गुरुङको अध्यक्षता र मर्स्याङदी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङको प्रमुख आथित्यमा भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुरुङले क्लबले समाजको विकृति विसंगति विरुद्ध र सचेतना फैलाउने खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । युवाको योगदानबाट समाज परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ अग्रसर हुनुपर्ने उनकाे भनाइ थियाे ।

क्लबका सल्लाहकार रविन्द्र घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रममा बाघेताको गित गाएर प्रितम पार्सी गुरुङले स्वागत गरे । कार्यक्रममा गाउँपालिकाभित्रका वडा अध्यक्ष, वडा सदस्य, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

सोही अवसरमा सञ्चालन गरिएको एकल नृत्य प्रतियोगितामा योङ स्टार युवा क्लब बाहुनडाँडाकी सोनु परियार प्रथम भइन् । लेकाली युवा क्लब ताघ्रिङकी सरस्वती गुरुङ द्धितिय, शान्तीदिप युवा क्लब दिङदिङकी सुस्मा गुरुङ तृतीय र सोही क्लबकै नमिता गुरुङले सान्त्वना स्थान पाइन् । प्रतियोगिताका बिजयीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष विष्णु गुरुङले बताए ।

क्लबले बार्षिकोत्सवकै अवसरमा सञ्चालन गरेको भलिबल प्रतियोगितामाम मनास्लु मस्र्याङदी युवा क्लब घेर्मु प्रथम र योङ स्टार युवा क्लब बाहुनडाँडा द्धितिय भए । प्रथमलाई ५ हजार र दोस्रोलाई ३ हजार रुपियाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितमा ८ टिम सहभागि थिए ।

यस्तै प्राविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चन्द्रोदय माध्यमिक विद्यालय बाहुनडाँडा प्रथम र गंगामिलन माध्यमिक विद्यालय घेर्मु द्धितिय भए । बिजयीलाई ३ हजार र २ हजार रुपियाँको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा बाघेताभित्रका विद्यालय सहभागि थिए ।

युगल व्याडमिन्टन प्रतियोगितामा योङ स्टार युवा क्लब बाहुनडाँडाका विनोद गुरुङ र प्रेम भण्डारी प्रथम भए । यस्तै, कृष्णप्रसाद अधिकारी र विष्णुबहादुर गुरुङ द्धितिय भए । बिजयीलाई क्रमशः ३ हजार, २ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमको सञ्चालन बोघता युनाईटेड क्लबका सचिव विष्णुबहादुर गुरुङले गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *