किलिक् हानेर (बालकविता)

– रमेशचन्द्र घिमिरे


कसो गर्दा अनुहार अाउँछ काँ´नेर ?
यौटा फोटो लिने हो किलिक् हानेर

जानेका छौँ हाम्ले नि अौँला थिच्नलाई
हाम्लाई मन हुन्न र फोटो खिच्नलाई
जुम गरेर हेर्नुपर्ला अौँला तानेर
देखाइन्छ रमिता किलिक् हानेर

मोबाइल सम्झी चप्पलले सेल्फी खिचिन्छ
चप्पलको तुनाको टुन्को थिचिन्छ
बाले मोबाइल ल्याइदिए´नि हुन्थ्यो जानेर
साँच्चै फोट‍ो खिचिन्थ्यो किलिक् हानेर

– मध्यनेपाल न.पा.-६, भोर्लेटार लमजुङ


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *