गजल

  • हिजो बाअामाले हुर्काए जहाँको तरकारी बेचेर ।
    छोरो मुग्लान छिरेको छ त्यही खेतबारी बेचेर ।।

सक्दा हुन् कतिका श्रीमान भट्टी छिर्दै पिएर ,
कमाए पनि श्रीमतीले घाँसको भारी बेचेर ।

स्वदेशमै रोजगार दिने सपना बोक्छ सरकार ,
करोडौं नौजवान युवा शक्ति सिमापारी बेचेर ।

मिनीस्कर्ट लगाउनेहरु स्वाभिमानको कुरा गर्छन्,
खै कसरी चल्छ र जीवन कुर्था र सारी बेचेर ।

चुलिनेछन् गगनचुम्बी महल अाँखै अगाडि ,
बिस्तारै ती लेक बेसीका सालघारी बेचेर ।
✍️रामकुमार श्रेष्ठ “फुच्चे”
सुर्यपाल,लमजुङ
(हाल:-पेनाङ,मलेसिया )
ramkumarsth538@gmail.com


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *