सरकारी अधिनायकवाद र जनजागरण अभियानले कांग्रेसलाई अगाडि बढाउछ–नेता नेपाली

नविन लामिछाने

मनाङ,२६ वैशाख । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवाद र कांग्रेसको यो जनजागरण अभियानले नेपाली कांग्रेस पार्टिलाई अगाडि बढाउने बताएका छन् । हिमाल, पहाड, तराई, मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान मनाङ जिल्लामा शुभारम्भ गर्दै नेता नेपालीले यस्तो बताएका हुन् ।

नेता नेपालीले भने– “वर्तमान सरकारको कामको आलोचना र विरोध हुँदै गएको अवस्थामा जनताको पिर,मर्का र गुनासो सुन्न जागरण अभियान महत्वपूर्ण छ र यो अभियानले पर्टिलाई पनि अगाडि बढाउछ ।” उनले यस अभियानले कांग्रेस पार्टिलाई एक ढिक्का बनाउने विश्वास समेत व्यक्त गरे ।

मनाङका नेपाली कांग्रेस उपसभापति यज्ञ प्रसाद घलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सांसद चिन्ता बहादुर घले, मनाङका नेपाली कांग्रेसका संस्थापक नेता कमल घले, नासों गाउँपालिका अध्यक्ष चन्द्र घले लगायतको उपस्थिति रहेको थियो ।

उक्त जागरण अभियान ३ चरणमा देशव्यापी रुपमा हुने भएको छ । पहिलो अभियान १ महिनाको ७७ वटै जिल्लामा, दोस्रो अभियान ३ सय २० प्रदेश निर्वाचन क्षेत्रमा १५ दिन र तेस्रो अभियान सबै स्थानीय तहमा १० दिन सञ्चालन गरिने बताइएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *