मध्यनेपाल नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड मावि खेलकुद छनोट प्रतियोगिता सम्पन्न

– रमेशचन्द्र घिमिरे
एघारौं राष्ट्रपति रनिङ शिल्ड मध्यनेपाल नगरपालिका स्तरीय मावि खेलकुद छनोट प्रतियोगिता -२०७५ सम्पन्न भएको छ ।
ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङको आयोजना र मध्य नेपाल नगरपालिका, लमजुङको विशेष सहयोगमा सञ्चालित उक्त प्रतियोगिताामा कुसुमाकर माध्यमिक विद्यालय करापुटार, लमजुङ ७ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित प्रथम भएको छ । त्यस्तै गरेर भैरवकाली माध्यमिक विद्यालय दुईपिप्ले रम्घाले ७ स्वर्ण, ३ रजत र ५ कास्य सहित द्वितीय स्थान हासिल गरेको छ भने हिमाली अावासीय माध्यमिक विद्यालय, भोर्लेटारले ५ स्वर्ण, ६ रजत र ३ कास्य सहित तृतीय स्थान हासिल गरेको कुरा अान्तरिक संयोजक दीपक धिङ्गलले जानकारी दिए ।

ईशानेश्वर माध्यमिक विद्यालयका शिक्षक रणबहादुर न्यौपानेका अनुसार खेल संयोजक विष्णुभक्त पौडेलको अध्यक्षता र मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेको प्रमुख अातिथ्यमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजयी प्रतियोगीलाई मध्यनेपाल नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवम् खेल संयोजक विष्णुभक्त पौडेल , मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डे तथा ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङका प्रधानाध्यापक एवम् सदस्य-सचिव रामकृष्ण घिमिरेले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरेेे।

सोही विद्यालयका शिक्षक ईश्वर अधिकारीका अनुसार अत्यन्त रोचक र प्रतिस्पर्धी भलिबल खेलमा छात्रतर्फ भैरवकाली माध्यमिक विद्यालय, रम्घा र पश्चिमभूमि अावासीय माध्यमिक विद्यालय करापुटार तथा छात्रातर्फ ईशानेश्वर माध्यमिक विद्यालय, भोर्लेटार र भैरवकाली माध्यमिक विद्यालय, रम्घाले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका थिए । साथै उक्त कार्यक्रममा यस क्षेत्रका उपज उत्कृष्ट खेलाडी रूपा थापा र रस्मिता धिङ्गललाई समेत सम्मान गरिएको आयोजक समितिका सदस्य अर्जुन कोइरालाले बताए । प्रतियोगितामा मुख्य रेफ्रीको भूमिका नवीनकुमार गुरुङले र उद्घोषण लोकनाथ रिमालले निर्ववाह गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *