बेसीशहर, मध्यनेपाल र सुन्दरबजारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता

रमेशचन्द्र घिमिरे

भाेर्लेटार, बैशाख ३१ गते । मध्यनेपालमा एघारौं राष्ट्रपति रनिङ शिल्ड नगरपालिका स्तरीय मावि खेलकुद छनोट प्रतियोगिता– २०७५ सम्पन्न भएको छ ।
ईशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङको आयोजना र मध्य नेपाल नगरपालिका, लमजुङको विशेष सहयोगमा सञ्चालित उक्त प्रतियोगिताामा ७ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित कुसुमाकर मावि करापुटार प्रथम, ७ स्वर्ण, ३ रजत र ५ कास्य सहित भैरवकाली मावि दुईपिप्ले रम्घा द्वितीय र ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेर हिमाली आवासीय मावि भोर्लेटारले तृतीय स्थान हासिल गरेका प्रतियोगिताका आन्तरिक संयोजक दीपक धिङ्गलले जानकारी दिए ।
विजयी खेलाडीहरुलाई मध्यनेपालका नगरप्रमुख रमेशकुमार पाण्डे, खेल संयोजक एवं वडा नं. ६ का अध्यक्ष विष्णुभक्त पौडेल ईशानेश्वर मावि भोर्लेटार, लमजुङका प्रधानाध्यापक रामकृष्ण घिमिरेले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरे।


प्रतियोगिता अन्तर्गत भलिबल खेलमा छात्रतर्फ भैरवकाली माध्यमिक विद्यालय, रम्घा र पश्चिमभूमि आवासीय माध्यमिक विद्यालय करापुटार तथा छात्रातर्फ ईशानेश्वर माध्यमिक विद्यालय, भोर्लेटार र भैरवकाली माध्यमिक विद्यालय, रम्घाले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर । कार्यक्रममा यस क्षेत्रका उपज उत्कृष्ट खेलाडी रूपा थापा र रस्मिता धिङ्गललाई सम्मान गरिएको थियो ।
यता बेसीशहर नगरपालिकास्तरीय प्रतियोगितामा बेसीशहरको जनविकास मावि ८ स्वर्ण, र ४ रजत पदकका साथ प्रथम भएको छ । प्रतियोगितामा जनविकासले करातेतर्फ ५, छात्र भलिवलतर्फ १ र छात्रातर्फ ज्याबलङि थ्रो र सटपुटमा १÷१ गरी ८ स्वर्ण जितेको हो । त्यस्तै छात्रा भलिवलमा १, करातेमा ३ रजत पदक जनविकासले जित्न सफल भएको खेल शिक्षक राजु राउतले जानकारी दिए ।
प्रतियोगितामा भूपूसैनिक आवासीय माविले द्वितीय र जनकल्याण मावि उदीपुरले तृतीय स्थान प्राप्त गरे ।
उता सुन्दरबजारमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरप्रमुख जनकराज मिश्रले प्रतियोगिता उद्घाटन गर्दै विद्यार्थीलाई कक्षा कोठामा मात्र सिमित राख्न नहुने र खेल मानव जीवनको अभिन्न अंग भएकाले नगरपालिकाबाट खेलकुदमा बजेट छुट्याउने जानकारी दिए ।
कार्यक्रममा आयोजक सयपत्री मावि शिक्षक अभिभावक संघका अध्यक्ष एवं उवासंघ सुन्दरबजारका अध्यक्ष सोमबहादुर न्यौपाने, ब्यवस्थापन समितिका सदस्य नवीनकुमार श्रेष्ठ, लमजुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार नगरपालिका शिक्षा शाखाका प्रमुख वीरबहादुर गुरुङ, विद्यालयका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।
उद्घाटन कार्यक्रम विद्यालयका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *