राष्ट्रकविकाे जन्मथलाेमा उनकै नाममा पार्क निर्माण

बेसीशहर, ३१ बैशाख ।

नेपाली साहित्य आकासका उज्ववल नक्षत्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थल उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ पुस्तुनमा उनको नाममा पार्क निर्माण सुरु गरिएको छ ।
आफ्ना अमूल्य कृतिका कारण नेपाली साहित्यलाई ठूलो गुन लगाएका राष्ट्रकवि घिमिरेको जन्मस्थल पुस्तुनलाई देश तथा विदेशमा चिनाउनको लागि घिमिरेको नाममा पार्क निर्माण कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ।

पार्क निर्माणको लागि गाउँपालिकाले गतवर्ष पाँच लाख र यसवर्ष थप पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । यो रकम बाहेक पार्क निर्माणको लागि स्थानीयले २५ प्रतिशत श्रमदान गरेको मस्र्याङदी गाउँपालिका वडा नं. ६ का अध्यक्ष लील वहादुर घलेले बताए ।
बाहुनडाँडाको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सम्मान स्वरुप गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उद्देश्य राखेर उनको नाममा पार्क निर्माण गर्न लागिएकोे गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।
विक्रम संवत् १९७६ असोज ७ गते साविक बाहुनडाँडा, पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमीरे नेपाली साहित्यका शिखर पुरुष हुन् । साहित्य क्षेत्रमा घिमिरेले दिएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रकविको पदवी दिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *