बराहपाेखरीलाइ पर्यटनकाे केन्द्र बनाउन सकिने अध्ययन टाेलीकाे निष्कर्ष

संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको अभावमा ओझेलमा परेको लमजुङको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहपोखरीको विकास गरी जिल्लाकै आर्थिक समृद्धि गर्न सकिने निष्कर्ष निकालिएको छ । बराहपोखरीको धार्मिक तथा पर्यटकीय सम्भावनाका विषयमा अध्ययन गर्न गएर्को मस्र्याङ्दी गाउँपालिका र सरोकारवालाको एक टोलीले त्यस क्षेत्रको अध्ययन अवलोकन गरी यस्तो निष्कर्ष निकालेको हो ।
मस्र्याङदी गाउँपालिकाको आयोजना र व्यवस्थापनमा त्यहाँको सम्भावनाबारे खोजी गर्न टोलीले त्यहाँ पुगेर अध्ययन अवलोकन गरी फर्केको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
३१ सय मिटर उचाइमा रहेको बराहपोखरी मस्र्याङदी र दोर्दी गाउँपालिकाको सिमानामा पर्दछ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भए पनि उचित संरक्षण सम्बद्र्धनका अभावमा रहेको बराहपोखरीको संरक्षण गरी प्रचार प्रसार गर्ने र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाका पदाधिकारी, प्रदेश सांसदहरु, संविधानसभाका सदस्य, पर्यटन ब्यवसायी, फोटो पत्रकारहरुको टोली बराहपोखरीको अध्ययन अवलोकनमा गएको अध्यक्ष गुरुङले जानकारी दिए ।

बराहपोखरीको अध्ययनमा गएका संविधानसभाका सदस्य जमीन्द्रमान घलेले त्यति धेरै उचाइमा हिमालको काखमा सुन्दर पोखरी आफैमा सुन्दर पक्ष भएको भन्दै त्यहाँको धार्मिक तथा पर्यटकीय विकास गर्न सके लमजुङको समृद्धिमै टेवा पुग्ने बताए । उनले भने “संरक्षणको अभावमा पोखरी साँघुरो हुँदै गएको र पानी पनि कम भएको पाइयो ।” पोखरीको एक छेउमा रहेको बराह मन्दिर, धर्मशालाको उचित ब्यवस्थापन गर्नुपर्ने आवश्यकता आफूले देखेको उनले बताए ।
संरक्षण नहुँदा पोखरी पनि पुरिँदै गएकोले यसलाई फराकिलो बनाउनु पर्ने, त्यहाँ जानेहरुलाई सुविधा हुने गरी शौचालयको ब्यवस्था गर्नुपर्ने, पोखरीमा निरन्तर पानीको प्रवाह मिलाउनु पर्ने र त्यहाँ पुग्ने बाटो ब्यवस्थित गर्नुपर्ने आवश्यकता अध्ययन टोलीले महशुस गरेको घलेले जानकारी दिए ।

Image may contain: 11 people, including Hom Bahadur Bk, people smiling, tree, grass, child, sky, plant, outdoor and nature
उनले भने क्याम्पिङमा जाने पर्यटकहरुको लागि ठाउँ ठाउँमा पिउने पानीको ब्यवस्था गरिदिनु पर्ने आवश्यकता छ । यसका लागि टोलीले ेपोखरीभन्दा केही माथि पानीको मुल पनि पत्ता लगाएको छ । पोखरी तथा क्याम्पिङ गर्ने ठाउँहरुमा पानीको ब्यवस्था हुन सके राम्रो हुने उनले बताए ।
पर्यटन ब्यवसायी बलराम सुयलले बराहपोखरी हुँदै मनासुलु हिमाल आरोहण गर्न जान सकिने भन्दै बराहपोखरीको प्राकृतिक सुन्दरताका कारण यस क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको बताए । उनले भने पदमार्गमा पर्यटकहरुलाई पदमार्गका विभिन्न ठाउँमा संकेत चिन्हहरु राख्नुपर्ने देखियो । पदयात्रा र हाइकिङको लागि उपयुक्त भएको सो क्षेत्रको विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटक लोभिने उनले जानकारी दिए ।
विश्वकै आठौं अग्लो ८,१६३ मिटर अग्लो मनासुलु हिमालको काखमा बराहपोखरी रहेको छ । पोखरीमा बराह भगवानको मन्दिर छ । पोखरीको वरिपरि राता, सेता, गुलावी रंगका लालीगुराँस फुल्छन् । पोखरीको कञ्चन पानीमा विभिन्न रंगका लाली गुरास र हिमालको दृष्य प्रतिविम्बित हुँदा स्वर्गको आनन्द प्राप्त हुन्छ ।
बराहपोखरीमा हरके बर्ष बैशाख पूर्णिमा(बुद्ध पूर्णिमा) र भदौ पूर्णिमा (जनै पूर्णिमा)मा भक्तजनहरुको भीड लाग्छ । वराहपोखरीमा गएर नुहाए मुख नबोल्ने पनि बोल्छ भन्ने किंवदन्ती छ ।
मस्र्याङदी गाउँपालिकाको वडा नंं ७ ङादी र वडा नंं ८ को भुलभुले, बेसीशहर नगरपालिकाको वडा नंं १० बाँझाखेत र दोर्दी गाउँपालिकाको मस्र्याङदीको ८ हिलेटक्सार र वडा नं. ७ को बन्सार हुँदै बराहपोखरी पुग्न सकिन्छ ।
बेसीशहर, मस्र्याङदी तथा दोर्दी जुन पालिकाबाट गए पनि सबै बाटो चित्रेडाँडा तथा पोलिडाँडामा पुगेर जोडिन्छ । त्यसपछि उत्तरतर्फ केही घण्टा हिँडेपछि बराहपोखरी पुग्न सकिन्छ । बराहपोखरी शान्तिको खोजीमा हिँडेकाहरुलाई उत्कृष्ट गन्तब्य हुन सक्छ । यहाँको अनुमप प्राकृतिक सौन्दर्य र शान्त वातावरण योगा, ध्यान गर्नेहरुलाई पनि उपयुक्त गन्तब्य हुने संविधानसभा सदस्य घलेले जानकार दिए ।
अध्ययन अवलोकन टोलीमा प्रदेश सांसद मायानाथ अधिकारी, संविधान सभा सदस्य जमीन्द्रमान घले, प्रदेश सांसद धनन्जय दवाडी, पूर्व पाइलट एवं पर्यटन व्यवसायी त्रिपल पी गुरुङ, पत्रकार खिम घले, पर्यटन व्यवसायी बलराम सुयल, दोर्दी गाउँपालिका नेकपाका अध्यक्ष युवराज अधिकारी, फोटो पत्रकार लाला गुरुङ, लगायत थिए । टोलीले उत्कृष्ट पर्यटकिय गन्तव्य बन्न सक्ने सम्भावना भएको बाह्रपोखरी र वरपरका ठूला ठूला समथर लेक तथा खर्कहरुमा व्यवसायीक पशु, कृषि तथा जटिबुटीका फर्महरु पनि सञ्चालन गर्न सकिने सम्भावना खोजेको छ । साथै उच्च पहाडी लेकमा हुन सक्ने बहुमूल्य जटिबुटीहरुको उत्खनन्, प्रशोधन गर्न सकिने निष्कर्ष निकालेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *