सुन्दरबजार नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड आदर्श बाल माविलाई

सुन्दरबजारस्थित सयपत्री मा .बि .को आयोजना र सुन्दर बजार नगरपालिकाको बिशेष सहयोगमा संचालित नगर स्तरिय प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  ७ स्वर्ण र ५ रजत सहित महेन्द्र मन्दिर माबि  परेवाडाँडाले दाेस्राे स्थान पाएकाे छ ।

प्रतियाेगितामा विजयी विद्यालयका खेलाडीहरूलाइ सुन्दरबजारका नगर प्रमुख जनक राज मिश्र ,इलाका प्रहरी कार्यलय भोटेवडारका प्रहरी निरीक्षक राजेन्द्र थापा , लमजुङ उधोग बाणिज्य संघ का प्रथम उपाध्यक्ष राम बाबू श्रेष्ठ , तार्कु स्वबलम्बन साकोसका अध्यक्ष नवीन कुमार श्रेष्ठ , लमजुङ उधोग बाणिज्य संघ सुन्दर बजारका अध्यक्ष सोम बहादुर न्यौपाने , प्याब्सन लमजुङका अध्यक्ष मेन घले ,सर्बोदय क्याम्पसका क्याम्पस प्रमुख ध्रुब खनिया , आदर्श बाल माबिका प्रधानाध्यापक रामकृष्ण भण्डारी , महेन्द्र मन्दिर माबिका प्रधानध्यापक बुद्धि बहादुर खड्का , समाजसेवी देउ कुमारी गुरुङले संयुक्त रुपमा प्रमाण पत्र , मेडल र शिल्ड प्रदान गरेका थिए ।

पुरस्कार वितरण समाराेहमा बाेल्दै नगरप्रमुख मिश्रले खेलकुदबाट अनुशासित जनशक्ति उत्पादन हुने भन्दै खेल खेलाडी र राष्ट्रकाे लागि पहिचानकाे विषय हुने बताए । साे अवसरमा उनले प्रतियाेगिता सम्पन्न गर्न सहयाेग गर्ने सबैलाइ धन्यवाद दिँदै अायाेजक सयपत्री माविकाे सरहना गरे ।

सयपत्री माबिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठकाे अध्यक्षतामा पुरस्कार वितरण समाराेह भएकाे थयाे । समापन कार्यक्रमको सन्चालन सयपत्री माबिका प्रधानाध्यापक ज्ञानेन्द्र शर्माले गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *