बिषालु च्याउ खाँदा १ बालकको मृत्यु,

बेसीशहर, जेठ १ गते ।

जंगलबाट ल्याएकाे बिषालु च्याउ खाँदा लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । क्व्होलासोंथर गाउँपालिका वडा नं. ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको बिषालु च्याउ खाएर मृत्यु भएकाे हाे ।

छिमेकी सुलबहादुरकाे घरमा शुक्रबार बेलुकी जंगली च्याउ खाएर उनकाे मृत्यु भएकाे हाे । च्याउ खाएर  साजनसंगै सुलबहादुर, उनकी श्रीमती सरिता, १२ बर्षकाे छाेरा मनताेष पनि सिकिस्त बिरामी परेका छन् । च्याउ खाएर सुतेका उनीहरू सबै राती बिरामी परेपछि गाउँलेकाे सहयाेगमा उपचारका लागि पाेखरा लगिएकाे थियाे । पाेखरामा उनीहरूकाे उपचार सम्भव नभएपछि काठमाण्डाैकाे नेशनल लाइफ अस्पतालमा पठाइएकाे थियाे । त्यहाँका चिकित्सकले  साजनकाे उपचार हुन नसक्ने भनि गाउँ फर्काएकामा मंगलबार उनकाे मृत्यु भएकाे हाे ।

शुक्रबार छाेरा साजनलाइ सुलबहादुरकाे घरमा छाेडेर उनका बाबु रामबहादुर र अामा तारा उपचारका लागि पाेखरा गएका थिए । साजन स्थानीय बुद्धाेदय माविमा ५ कक्षामा पढ्दै थिए ।

बिषालु च्याउ खाएर सिकिस्त भएका मन्ताेषकाे अवस्था चिन्ताजनक छ । उनी पनि बुद्धाेदयमा ७ कक्षामा पदैढ्छन्। उनका बाबु, सुलबहादुर र अामा सरिताको अवस्था भने अवस्था सामान्य हुँदै अाएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *