एभरेष्ट साकाेसकाे अनुगमन

विष्णुु कुमार श्रेष्ठ

सुन्दरबजार, जेठ २ ।

गण्डकी प्रदेश सरकारकाे भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय का शाखा अधिकृत बिक्रम सुवेदी र सन्तोष पौडेल ले सुन्दर बजार लमजुङमा अवस्थित एभरेस्ट साकोसको अनुगमन गरेका छन् ।

अवसरमा अधिकृत सुबेदिले संस्था लाई रचनात्मक र सकारात्मक सुझाव समेत दिएका थिए ।अनुगमन कार्य निरन्तर हुने र यसले सन्स्थाको कार्यकुशलतामा वृद्धि हुने अधिकृत सुबेदिले बताए ।अनुगमनको क्रममा सन्चालक समितिको अवस्था , कर्मचारी को विवरण ,शेयरपुजी बचत रकम , ऋण रकम , जगेडा कोष , ब्याबसायिक कारोबार को अवस्था , भाखा नाघेको कर्जाको अवस्था आदि सम्बन्धमा अध्ययन गरेको शाखा अधिकृत सन्तोष पौडेल ले बताए ।

प्रदेश अन्तरगतको सहकारी संस्था हरुको यथार्थ विवरण बुझ्न का लागि लमजुङको ३० वटा सहकारी को अनुगमन गरेको अधिकृत पौडेलले बताए ! एभरेस्ट अनुगमनको क्रममा अध्यक्ष राम बाबू श्रेष्ठ , उपाध्यक्ष शुक बहादुर श्रेष्ठ , सचीव बिस्णु कुमार श्रेष्ठ , सदस्य हरु नबराज श्रेष्ठ , कुमार केसि लगायत को उपस्थिति रहेको प्रबन्धक ज्ञान बहादुर नेपाली ले बताए ।

अनुगमन कार्य पश्चात् शाखा अधिकृत बिक्रम सुबेदिले संस्थागत सुशासन एवं सामाजिक उत्तरदायित्व प्रवर्तन गर्न उत्प्रेरित गरेको प्रबन्धक नेपाली ले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *