सिधै अाउन डराएर(बालकविता)

– रमेशचन्द्र घिमिरे

सिधै आउन डराएर पाइला परै रोक्छौ
आएँ भन्न नसकेर टाढैबाट खोक्छौ

तिम्रो गोडी राम्रो लाग्छ हात राम्रो लाग्छ
खिस्स हाँस्दा तिम्रो थोते दाँत राम्रो लाग्छ
कहिले लुगा टोक्छौ तिमी कहिले नङ टोक्छौ
आएँ भन्न नसकेर टाढैबाट खोक्छौ

मुठी लिन नसक्नेले मानो रोज्छौ तिमी
ताते गर्ने खुपी छैन भाग्न खोज्छौ तिमी
आफूलाई कसले बोकोस् भाइलाई बोक्छौ
आएँ भन्न नसकेर टाढैबाट खोक्छौ ।
– भोर्लेटार, लमजुङ


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *