चट्याङले २८ भेडा मरे

शान्ता कमली

बेसीशहर, जेठ २ गते ।

लमजुङको दुधपोखरी गाउँपालिका–१ मलेया डाँडाकाे घुम्ती भेडी गोठमा चट्याङ लागेर २८ भेडा मरेका छन् । गत वैशाख २८ गते शनिबार साँझ चट्याङ लागे भेडा मरेको गाउँपालिका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए ।

चट्याङ लागेर भेडा मरेको खबर पाएपछि वैशाख ३० गते गुरुङसहित भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए । ‘हामी भेडी गोठमै पुग्यौँ,’ गुरुङले भने, ‘त्यहाँ पुग्दा चट्याङ लागेर २८ वटा भेडा मरेछन् ।’

जिल्लाका ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जना बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै आएका थिए । गुरुङका अनुसार दुधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ छन् । चट्याङ लागेर पाँच लाखभन्दा बढी नोक्सान भएको गुरूङले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *