नेपाली सेनाद्धारा निःशुल्क स्वास्थ्य शिविर अायाेजना

सन्देश पाैडेल

बेसीशहर, जेठ ३ गते ।

लमजुङको सुन्दरवजारमा नेपाली सेनाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा चारसय भन्दा बढि लाभान्वीत भएका छन् । नियमित स्वास्थ्य सेवाको पहुँचबाट टाडा रहेका ग्रामिण भेगका बासिन्दालाई मध्यनजर गर्दै नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

जिल्लस्थित नेपाली सेनाको श्रीजङ गणको आयोजनामा सुन्दरवजार–६, खत्रेठाँटीमा शिविर भएको हो । शिविरमा जनरल स्वास्थ्य परिक्षण, दाँत सम्वन्धी जाँच तथा उपचार र निशुल्क औषधी वितरण गरीएको थियो । शिविरमा आएका मध्ये अधिकाँशमा उच्च रक्तचाप, चिनीरोग, शारीरीक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् ।

शिविर व्यवस्थापनका लागि काठमाण्डौ ढोडसिङ समाजले सहयोग गरेको थियो भने दाँत सम्वन्धी उपचारको लागि चितवनस्थित चितवन डेन्टल होम प्रालिले सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।

नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई प्रगाढ बनाउन र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरीएको श्रीजङ गणले जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श र विभिन्न विरामीपनबारे जानकारी गराइएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *