गजल

✍️रामकुमार श्रेष्ठ “फुच्चे”

माहुरीहरु थाक्दैनन् र त परिश्रम गरिनैरहन्छन्।
जसरी फुलहरुले सुगन्ध निरन्तर छरिनैरहन्छन्।।

न्यायकोनिम्ति निर्मलाको पटकपटक आवाज उठेपनि,
दिनहुँ छोरीचेलीहरु बलात्कारमा परिनैरहन्छन्।

घरमा बडो स्नेहपुर्वक कुकुर पालिन्छ तर विडम्बना ,
वृद्ध बाअामाको आँखाबाट आँशु झरिनैरहन्छन्।

रेमिट्यान्स भित्रीएकैछ कमाएकैछन् कमाउनेहरुले,
सकेजति पठाउ के भो र मर्नेहरु त मरिनैरहन्छन्।

रावण बनेर निस्कनेछन् ” राम “भनेर कहलिनेहरु,
छल गरेर सीता हरेझै मौका छोपी हरिनैरहन्छन्।

सुर्यपाल,लमजुङ
(हाल -मलेसिया )


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *