बुहक्षेत्रीय पोषण योजनाबारे जनप्रतिनिधीलाई अभिमुखीकरण

शान्ता कमली

भाेर्लेटार, जेठ ३ गते ।

मध्यनेपाल नगरपालिकामा बुहक्षेत्रीय पोषण योजनाबारे जनप्रतिनिधीलाई अभिमुखीकरण गराइएको छ ।  जनप्रतिनिधी, कार्यपालिकाका सदस्यहरु, नगरपालिकामा अवस्थित बिषयगत कार्यालयका प्रमूख तथा प्रतिनिधीहरुलाई नेपाल सरकारले अवलम्वन गरेको प्राथामिकता प्राप्त बहुक्षेत्रीय पोषण योजना यसको उद्धेश्य र जिल्लामा लागु भएको सुआहारा परियोजनाको दोश्रो चरणबारे जानकारी गराइएको हो ।

कार्यक्रममा सुआहारा परियोजना गोरखा लमजुङ्गका परियोजना संयोजक याम जि सी, पोषण अधिकृत अर्पण ढकाल र आरसिडीसीका फिल्ड संयोजक सिबेन्द्र अधिकारीले सहजिकरण गरे ।

अभिमुखिकरण पश्चात नेपाल सरकारले अवलम्बन गरेको बहुक्षेत्रीय पोषण योजना दोश्रो (२०७५/७६–२०७९/८०) बमोजिम नगरपालीकाका प्रमुख रमेश कुमार पाण्डेको अध्यक्षतामा नगरपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन भएको छ ।

कार्यक्रममा नगर प्रमुख रमेशकुमार पाण्डेले नयाँ र सक्षम पुस्ताको आधार नै सुनौला हजार दिनका आमा र बच्चा भएको भन्दै पोषणमा लगानी गर्न आवश्यक रहेको बताए । उनले नगरपालिका र वडापालीकाहरुले योजना तर्जुमा प्रकृयामा नै सुनौला हजार दिनका आमा र बच्चाहरुको पोषण सुधारको लागि आवश्यक कार्यक्रम तथा बजेट विनीयोजन गरी पोषण सुधारको अभियानलाई दिगोपना दिइने बताए ।

कार्यक्रम मध्यनेपाल नगरपालिकाको आयोजना तथा यू एस एड/सुआहारा परियोजना एवंम आर सी डि सी नेपाल, लमजुङ्गको सहजिकरणमा भएको हो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *