भूपू विद्यार्थीद्धारा विद्यालयलाई खेलकुद सामाग्री प्रदान

बेलिना थापा

बेसीशहर,जेठ ६ गते ।

क्व्होलासोंथर गाउँपालिका १ बाग्लुङपानीस्थित जनज्योति माध्यमीक विद्यालयका भूपू विद्यार्थीहरुले विद्यालयमा खेलकुद सामाग्री सहयोग गरेका छन् ।

नजरे घर भई बेलायती सेनाका भूपू सैनिक चन्द्रप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, ओमेन्द्र गुरुङ र खुसबहादुर गुरुङले विद्यालयमा सहयाेग गरेका हुन् । उनीहरुले विद्यालयलाई ३० हजार रुपियाँ बराबरको २ वटा फुटबल, २ वटा भलिबल, एउटा नेट र पम्प सहयोग गरेका विद्यालयले जनाएकाे छ ।

साे सामग्री विद्यालयका प्रधानाध्यापक बीलप्रसाद गुरुङलाई हस्तान्तरण गरिएकाे थियो । साना छँदा अध्ययन गरको विद्यालयलाई आवश्यकता अनुसार सामग्री सहयोग गरिएको भूपू विद्यार्थी खुसबहादुर गुरुङले बताए ।

विद्यालयका प्रअ बीलप्रसाद गुरुङले विद्यालयलाई गरेको सहयोग प्रति भूपू विद्यार्थी प्रति धन्यावाद ज्ञापन गरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *