तीन मुक्तक

मेचीकोशी महाकाली बिकाईदिन्छु मौका परे,
धन कमाउने सहजबाटो सिकाईदिन्छु मौका परे।
तिम्लाइ जस्तो देशको चिन्ता गर्नुर्छैन हामीलाई,
सयौ बर्ष हाम्रै सत्ता टिकाईदिन्छु मौका परे।
………………………………………………………………………………….
अाजकल यीदुई बिग्रे भन्दै नौलो अाखा फेर्छ समाज,
तिमी र म हासखेल गर्ने बनपाखा घेर्छ समाज।
मन मुटु नै साटे पछि सगै ज्यून पाईदैन र?
छुटाईदिन्छु माया भनी षड्यन्त्रले बेर्छ समाज।।
………………………………………………………………………………….
बाचाकसम तोडीगयौ त्यही मलाई प्यारो लाग्यो,
जहाँ तिमी छोडीगयौ त्यही मलाई प्यारो लाग्यो।
यता मैले बोतल खोले तिम्लाई भुल्ने वाहानामा,
बाटो अन्तै मोडीगयौ त्यही मलाई प्यारो लाग्यो।।
………………………………………………………………………………….
#रामकुमारश्रेष्ठ”फुच्चे” सूर्यपाल,लमजुङ
साहित्यीक चौतारी नेपाल मलेसीया शाखा
हाल-पेनाङ,मलेसीया

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *