परेवाडाँडामा खेलमैदान निर्माण हुँदै, ठकुरीले दिए १ लाख

विष्णुकुमार श्रेष्ठ

सुन्दरबजार, जेठ १७ गते

लमजुङको सुन्दर बजार नगरपालिका वडा नं.२  परेवाडाडामा ११ साइजकाे फुटबल मैदान निर्माण शुरू गरिएकाे छ । खेलमैदानकाे नगरपालिकाका मेयर जनकराज मिश्रले एक समाराेहबीच शिलान्यास  गरेका छन् ।

स्थानीय देउराली दिल स्मृति क्लबले चन्दा संकलन गरी परेवाडाँडाकाे सिमहार देउरालीमा खेलमैदान बनाउन लागकाे हाे । खेलमैदानकाे शिलन्यास गर्दै मेयर मिश्रले खेलको बिकासको लागि सबै जना लाग्नु पर्ने र यसको लागि नगरपालिका बाट पनि बजेट बिनियोजन गर्ने अाश्वासन दिए ।

खेलकुदको बिकासबाट समग्र नगरकै बिकास हुनेमा आफू आशाबादी रहेको मेयर मिश्रले बताए । त्यस अवसरमा तार्कु स्वबलम्बन साकोसका अध्यक्ष एबम युवा संघ सुन्दर बजार का वरिष्ठ उपाध्यक्ष नवीन कुमार श्रेष्ठले खेलकुदले युवा हरुलाइ कुलतमा लाग्न नदिने भएकाले यसबाट समाजलाई सकारात्मक दिशामा अघि बढाउने बताए ।

कार्यक्रममा सुन्दर बजार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत बहादुर खड्का,वडा सदस्य पुन कुमार श्रेष्ठ ,सयपत्री माध्यमिक बिधालयका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ , परेवाडाडा खानेपानी का अध्यक्ष गोपाल पन्त लगायतले मन्तव्य राख्दै खेलमैदान निर्माणको लागि आ-आफ्नो तर्फबाट सहयोग गर्ने बताएका थिए ।

 

क्लबका अध्यक्ष सीता राम न्यौपाने को अध्यक्षता भएको कार्यक्रममा स्वागत क्लबको कोषाध्यक्ष सम्झना श्रेष्ठले र सन्चालन राजेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।

शिलान्यास कार्यक्रममा देउरालीको खेलमैदान निर्माणका साथै सडक शिक्षा स्वस्थ्य आदिको बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने युवा बरिष्ठ समाजसेवी नवीन कुमार श्रेष्ठलाई देउराली आमा समुहले बिशेष सम्मान गरेकाे थियाे ।

खेलमैदानका लागि स्थानीय ८३ बर्षिय जुजमान श्रेष्ठ , मन कुमार श्रेष्ठ , मिश्री माया श्रेष्ठ , बिष्णु मान श्रेष्ठ , शम्सेर श्रेष्ठले आवश्यक जग्गा उपलब्ध गराएका छन् ।

 

यसैबीच खेलमैदानकाे निर्माणका लागि परेवाडाँडा घर भइ हाल अफगानिस्तानमा कार्यरत मनाेज ठकुरीले एकलाख रूपैयाँ सहयाेग गरेका छन् । उनले शुक्रबार प्रवासबाटै १ लाख रूपैयाँ अाइएमइ गरी पठाएका खेलमैदानका अभियान्ता नवीनकुमार श्रेष्ठले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *