सुन्दरबजारमा सामाजिक जवाफदेहीता सम्बन्धि गोष्ठी

विष्णुकुमार श्रेष्ठ

सुन्दरबजार, जेठ १६ ।

सुन्दरबजार नगरपालिकाको संयोजनमा स्वस्थ क्षेत्रमा सामाजिक जवाफदेहीता सम्बन्धि गोष्ठी सुन्दर बजारमा सम्पन्न भएकाे छ ।

नगर प्रमुख जनक राज मिश्र को अध्यक्षता मा सुन्दर बजार नेवा खलको हलमा सम्पन्न गाेष्ठीमा मेयर मिश्रले मुलुक र जनता प्रतिको जवाफदेहिता जन प्रतिनिधि सबैले वहन गर्नु पर्ने भन्दै यस्ता कार्यक्रमले नयाँ कार्य गर्न उत्प्रेरित गराउने बताए । उनले काम कर्तब्य अधिकार र उतरदायित्व संगै जवाफदेहिता हुनुपर्नेमा जाेड िदए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेले डिजिटल नागरिक बडा पत्र निर्माण र सन्चालन ,डिटेल नागरिक बडा पत्र निर्माणाधिन रहेको बताउदै नगरपालिकाको चार वटा वडामा सार्बजनिक सुनुवाइ सप्पन्न गरेको र अब बाकी वडाहरुमा पनि सार्बजनिक सुनुवाइ छिटै गरिने जानकारी दिए ।

उनले याेजनाको बिषयमा सबैलाई जानकारी दिन अनिबार्य डिस्प्ले बोर्ड राख्नु पर्ने, योजना तर्जुमामा सबैलाई सहभागी गराइने तर बजेट बिनियोजन नगरपालिकाले गर्ने बताउदै सबै भन्दा बढी तालिम स्वस्थ्य क्षेत्रमा कार्यरत कर्माचारिलाई उपलब्ध गराएको समेत जानकारी दिए ।

कार्यक्रमको सहजीकरण PACT /SAHS का प्राबिधिक सल्लाहकार दुर्लभ बोगटी र गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्ष प्रेम बहादुर भट्टराईले गरेका थिए भने स्वागत सुन्दर बजार नगरपालिका स्वस्थ बिभागका निर्मल अधिकारीले गरेका थिए । कार्यक्रममा सुन्दर बजार नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष जय बहादुर अधिकारी , मातृभुमी बहुमुखी क्याम्पसका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ ,लमजुङ उधोग बाणिज्य संघ का प्रथम उपाध्यक्ष राम बाबू श्रेष्ठ , उपभोक्ता मन्च लमजुङका अध्यक्ष डम्बर अधिकारी , गै.स.स. महा संघ लमजुङको पुर्ब अध्यक्ष कृष्ण प्रसाद अधिकारी ,भत्ति नमूना माविका प्रधानाध्यापक यज्ञ राज घिमिरे ,युवा समाजसेवी बिबेक पण्डित लगायतले विभिन्न सवालहरुमा जिज्ञासा राखेका थिए !


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *