खुल्ला युगल ब्याडमिण्टनकाे उपाधि विनाेद र प्रल्हादलाइ

बेसीशहर, जेठ १८ गते ।

लमजुङ जिल्ला ब्याडमिण्टन संघकाे अायाेजनामा बेसीशहरमा सञ्चालन भएकाे जिल्लास्तरीय खुल्ला युगल ब्याडमिण्टन प्रतियाेगिताकाे उपाधि बेसीशहरका विनाेद तामाङ र प्रल्हाद बाेहराले जितेका छन् ।

शनिबार बेसीशहरकाे फुलबारी मञ्चमा भएकाे प्रतियाेगिताकाे फाइनलमा प्रतियाेगितामा कृष्णलाल प्रधान र पदम रावतकाे जाेडीलाइ साेझाे सेटमा पराजित गर्दै तामाङ र बाेहराले उपाधि उचालेका हुन् । प्रधान र रावतलाइ फाइनलमा उनीहरूले  २१–१२ र २१–१५ काे फराकिलाे अन्तरले पराजित गरेका हुन् । प्रथम पुरस्कारकाे  दावेदार मानिएका कृष्णलाल र पदमकाे खेलमा तालमेल नमिल्दा त्यसकाे फाइदा विनाेद र प्रल्हादले भरपुर उठाए । विगतदेखि नै जाेडी भएर खेल्दै अाएका उनीहरूलाइ नयाँ जाेडी बनेका प्रधान र रावतलाइ पराजित गर्न ठूलाे संघर्ष गर्न परेन ।

 

सेमीफाइनलकाे खेल भने निकै राेमाञ्चित थियाे । गत बैशाखमा युमिका स्पाेर्टस् हाउसले अायाेजना गरेकाे प्रथम युमिका स्पोर्टस् हाउस जिल्लाब्यापी खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि जितेका सुरेश र सुमेश श्रेष्ठलाइ वेष्ट अफ थ्रीमा मुस्किलले जितेका विनाेद र प्रल्हादलाइ फाइनल खेलमा भने सहज भयाे । सेमीफाइनलमा सुन्दरबजारका मनवीर गुरूङ र सुविन खड्काकाे जाेडीलाइ पराजित गरी उच्च मनाेबल बनाएका कृष्ण/पदमकाे अापसी तारतम्य नमिल्दा दाेस्राे स्थानमा चित्त बुझाउन बाध्य भए ।

प्रतियाेगितामा अाशा गरिएका भाेटेअाेडारका राेहित र दीपककाे जाेडी तथा बेसीशहरका अजय र पंकजकाे जाेडीले राम्राे खेल प्रदर्शन गर्न सकेनन् । जसका कारण उनीहरू क्वार्टर फाइनलबाटै बाहिरिए ।

प्रतियाेगिताकाे उपाधिसंगै विनाेद र प्रल्हादले नगद २० हजार, स्वर्णपदक कप र प्रमाणपत्र पाए ।  अाफूहरूले पाएकाे पुरस्कारकाे अाधा रकम उनीहरूले बेसीशहरकाे मानव सेवा अाश्रमलाइ दान गरेका छन् ।

प्रतियाेगितामा दोस्रो स्थानमा चित्त बुझाएको कृष्णलाल प्रधान र पदम रावतकाे जाेडीले रजत पदक,कप र प्रमाणपत्रको साथमा नगद १०हजार पुरस्कार पाए ।

सान्त्वना स्थानमा चित्त बुझाएका सुरेश र सुमेश तथा मनविर र सुविनकाे जाेडीले ६/६ हजार पुरस्कार र प्रमाणापत्र पाए ।
प्रतियोगितामा बेसीशहर, भोटेओडार, सुन्दरबजार, लगायतका स्थानका २६ वटा टीमले  सहभागिता जनाएका थिए । प्रतियाेगिताकाे शुक्रबार बेसीशहरका मेयर गुमानसिं अर्यालले गरेका थिए । समापन अवसरमा लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले विजयी खेलाडीलाइ पुरस्कार वितरण गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *