ऐना साथी (बालकविता)

– रमेशचन्द्र घिमिरे

मैले हेरेँ तँलाई
तैँले हेरिस् मलाई

म रुँदा तँ रुन्छस्
खुसी हुँदा हुन्छस्

टोलाउँछस् कैले
बोलाउँछस् कैले

हाँस्छस्, ठुस्स पर्छस्
जे गर्‍यो त्यै गर्छस्

मैले भन्या मान्ने
साथीजस्तै ठान्ने

सधैँ एक-अर्का
बाँड्ने पीर-मर्का

हेर कस्तो जाती
मेरो प्यारो साथी

छैन स्वार्थी मन
के हो लौ लौ भन

अरू केही हैन
यो हो प्यारो ऐना ।
– भोर्लेटार, लमजुङ
२०७६/०२/१८


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *