चरीकाे रहर ! (कालकविता)

© रमेशचन्द्र घिमिरे
घुमाउँदा नि भएन, तान्दा पनि भएन
बल् गरेर लात्तीले हान्दा पनि भएन

उदेक र अचम्म देख्छु थरिथरिको
रहर हो कि कर हो सानासाना चरीको
कठै बरा बिचरा तिर्खा मेट्छन् कसरी
पानी पिउनै नपाए नत्र जिउँछन् कसरी ?

आहाल बस्ने भ्यागुता आहालमै कराए
खडेरीले सुकेर मूल त्यसै हराए
यत्ति कुरा चरीले किन थाहा पाउँदैन ?
धारा मात्रै भएर पानी त्यसै आउँदैन ।
– भोर्लेटार, लमजुङ
२०७६/०२/१६


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *