बेसीशहरका १३ वटा सडककाे डिपिअार बन्दै

बेसीशहर जेठ २१।

बेसीशहर नगरपालिकाले नगरपालिका भित्रका योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षभित्र बेसीशहर नगरपालिका भित्रका योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धमा कार्यपालिकाको वैशाख १८ को वैठकले निर्णय गरेको हो ।
जस अनुसार सडक तर्फ १३ वटा सडक छानिएका छन् । पार्कतर्फ विभिन्न स्थानमा ५ वटा छनोट गरिएका छन् ।
नगरपालिकाले भकुण्डे पुरानोकोट सडक, कुण्डे पुरानोकोट सडक, धुरपुरेदुईथोक विम्दा बाख्रेजगत सडक, उदीपुर नयाँगाउँ सडक, खासुरबेसी खाँचे चित्रेडाँडा सडक (बाह्रपोखरी पर्यटन प्रवद्र्धन), भकुण्डे कमलटारी बसौलागाउँ गाउँशहर सडक, रामचोकबेसी तिलाहार सडक, डम्बरे ज्यार्खाङ बाख्रेजगत सडक, बेसीशहर बाँझाखेत गाउँभाचोक सडक छानिएका छन् ।
त्यसैगरी बेसीशहर सितलपाटी सालडाँडा ज्यार्खाङ सडक, बरबोट कार्कीडाँडा सडक, भकुण्डे झप्रीखेत बसौलागाउँ थुम्की गाउँशहर डक मकैडाँडा पुमागाउँ सडक, सितलपाटी बसौलागाउँ सडकको पनि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने निर्णय भएको हो ।
नगरपालिकाले पार्क तथा उद्यानतर्फ वडा नंं ३ को चण्डीपार्क, वडा नं. ६ को चण्डीस्थानको बाल उद्यान, वडा नं. ११ चितीको मदन आश्रित पार्क, वडा नंं ८ को जागीगुफा बगैंचा पार्क र वडा नंं १० को खासुरमा कन्याथान पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने निर्णय भएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *