महिलाले बनाए सामुदायिक भवन

बेलिना थापा

जेठ २३ बेसीशहर ।

लमजुङको दूधपोखरी गाउँपालिका ६ युरीका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् ।

देवी आमा समूहमा अवद्ध महिलाको सक्रियतामा गाउँमा सामुदायिक भवन निर्माण गरिएको हो । भवन निर्माण समितिका अध्यक्ष एवं आमा समूहकी अध्यक्ष मनमाया गुरुङका अनुसार उक्त भवन करिव १५ लाख रुपियाँमा निर्माण गरिएको हो । साँढे २ बर्षमा भवन निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिलो बर्ष गाउँपालिकाबाट १ लाख रुपियाँ सहयोग मिलेको थियो । यसबर्ष ३ लाख सहयोग थियो । अन्य रकम स्थानीयले जुटाएका हुन् । देश विदेशमा रहेका स्थानीयसंग सहयोग संकलन गरेका थिए । उजले भनिन् ‘भवनको साह्रै समस्या थियो । कार्यक्रम गर्न प¥यो भने गह्रा खोज्दै हिँड्नुपर्ने । भवनको अति आवश्यक भएकाले महिला एकजुट भएर सहयोग संकलन गर्न हिँड्यौं र भवन बन्यो ।’ गाउँमा रहेकाले मात्र नभई विदेशमा रहेकाहरुले पनि भवन निर्माण अभियानमा साथ दिएको उनले बताइन् ।

स्थानीय चिजकुमार गुरुङका अनुसार यसअघि भवन नहुँदा खेत, गह्राहरुमा गएर बैठक, भेला, भोज आयोजना गर्ने गरिएको थियो । भवनको अभाव भएपछि स्थानीयले श्रमदान गरेर भवन निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘सबैभन्दा भवनै अभाव भयो । भेला बैठक बस्न समेत कहिले घर त, कहिले खेतमा बस्ने गथ्र्यौं । भवनका लागि आमा समूह सक्रिय हुनुभयो । हामीले पनि सहयोग ग¥यौं । भवन उभाउन सफल भयौं ।’ भवन बनेपछि हरेक कामकाजमा सहज भएको उहाँले बताइन् ।

गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले गाउँमा आमा समूहका महिलाको सक्रियता उदाहरणीय रहेको बताए । सरकारी तथा अन्य सहयोग थोरै भए पनि गाउँले आफैं श्रमदान गरेर भवन उभाएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । हरेक गाउँमा विकासका पूर्वाधार पु¥याउने सरकारको लक्ष्य रहेकाले सोही अनुसार आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *