स्थानीय कलाकारलाई वातावरण जोगाउने चिन्ता

शान्ता कमली
लमजुङ २४ जेठ
रुख रोपौ वन जोगाउ ढल निकास गरौ ।
बाढी पहिरो जान सक्छ, तार जाली भरौ ।
खोला नाला सुक्न लागु मुहान सफा राखौ
स्वच्छ पानी नपिउनाले मर्ने गर्छन लाखौ ।
पृथ्वीको नहुँदा सम्हार ।
मरुभूमि हुँदैछ संसार ।
यसरी गित मार्फत जलवायु परिवर्तन सम्बन्धी संदेश दिइरहेका थिए, मस्र्याङ्दी गाउँपालिकाका स्थानीय कलाकारहरु, न्यादि जलविद्युत आयोजना र मिलनडाँडा सामुदायिक वन उपभोक्ता समितीको समन्वयमा आयोजना गरीएको वन वातावरण संरक्षण सम्बन्धी लोक गित प्रतियोगितामा सहभागी स्थानीय कलाकारहरुले गीत मार्फत वातावरण जोगाउने चिन्ता ब्यक्त गरेका हुन् । जलवायु परिवर्तनका कारण प्रत्यक्ष रुपमा जनजीवन प्रभावित भइरहेको कलाकारहरुको गितले झल्काउथ्यो ।
वन जंगल मासिदै गएको र जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष पानीका मुलहरुमा परेको छ । जलवायु परिर्वन भइरहेको कारण जनजीवन विग्रदै गएको कुरा लोकगीतमा प्रस्तुत गर्दै स्थानीय समुदायलाई संदेश दिइएको छ । रुख रोपौ वन जोगाउ, ढल निकास गरौ, बाढी पहिरो जान सक्ने ठाउँमा तार जाली भरौ भन्ने जस्ता संदेशहरु गीत मार्फत प्रस्तुत गरिएको छ ।
जलवायु परिवर्तनका कारण खोला नाला सुक्न लागेको प्रति कलाकारहरुले गीत मार्फत चिन्ता व्यक्त गरेका छन् । आफुले प्रयोग गर्ने खानेपानीको मुहान सफा राख्नु पर्ने संदेश गीत मार्फत प्रस्तुत गरिएको थियो । अहिले ग्रामीण भेगहरुमा स्वच्छ पानी नपिउनाले पानीजन्य रोगकै कारण धेरैले ज्यान गुमाउनु परेको प्रति कलाकारहरुले गीतबाटै चिन्ता व्यक्त गरे ।
स्थानीय कलाकारहरुले पृथ्वीको सम्हार गरि हामी बस्ने पृथ्वीलाई मरुभूमि हुन बाट जोगाउन गीत मार्फत आग्रह गरे । पहिला आफु सचेत बनि छरछिमेक गाउँ टोलमा यहि संदेशहरु फैलाउदै जानु पर्ने गीतको भावले झल्काउथ्यो । खाली डाँडा पाखामा विरुवा रोपेर, जमीनलाई पहिरो जानबाट बचाउनु पर्ने संदेश गीतबाटै प्रवाह गरिएको छ । आफ्नो घरबाट निष्कने गल्ने फोहार गलाई मल बनाउनु पर्ने नगल्ने फोहोरलाई आगोमा जलाई नष्ट गर्नुपर्ने कलाकारहरुले संदेश दिए ।
डिभिजन वन कार्यालय लमजुङका प्रमुख मोहनराज काफ्लेले वातावरण जोगाउनको लागि सबै लाग्नु पर्ने बताउदै जनताको चेतना स्तर बृद्धिका लागि कार्यक्रम महत्वपूर्ण भएको औल्याए । पछिल्लो समय विभिन्न कारणले वातावरणमा नकारात्मक असर पर्दै गएको बताउदै यस्तो समस्यालाई न्यूनिकरण गर्दै जानु सबै नागरिकहरुको कतव्र्य रहेको बताए ।
कार्यक्रममा बोल्दै न्यादी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले यस्ता कार्यक्रमले नागरिकहरको चेतनास्तरमा बृद्धि गर्नको लागि सहयोग पुग्ने बताए । लोकगीत प्रतियोगितामा मिलनडाँडा सामुदायिक वन उपभोक्ता समिति प्रथम, तातोपानी सामुदायिक वन उपभोक्ता समिति द्वितीय र मैना गैरी सामुदायिक वन उपभोक्ता समिति तृतीय भएका छन् भने चिसापानी सामुदायिक वनले सान्तवना स्थान हात पारेको छ । प्रतियोगितमा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान पाउने टोलीलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार १ हजार र ६ सय रुपैयाका साथै प्रमाणपत्रका साथ पुरस्कार वितरण गरिएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *