वर्तमान सरकार जनताका अधिकार हनन् गर्दैछः सभापति देउवा

शान्ता कमली
लमजुङ २५ जेठ
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता नेकपा नेतृत्वको सरकारले हनन् गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसले शुरु गरेको जागरण अभियान अन्तर्गत पहिलो चरणको अभियान समापनको क्रममा लमजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकार लोकतन्त्र विरोधी भएको आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानव अधिकारमाथि हस्तक्षेप गरेको भन्दै लोकतान्त्रिक सरकारले यस्तो काम कदापी गर्न नसक्ने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले नागरिकको स्वतन्त्रता विरोधी कुनैपनि विधयकलाई कांग्रेसले संसदबाट पारित हुन नदिने बताए । उनले वर्तमान ओली नेतृत्वको सरकारको काम कारबाही जनताको हित विपरित रहेको भन्दै यसबारे आम नागरिक सचेत रहनु आवश्यक रहेको बताए । उनले फेरि नि लोकतन्त्र, स्वतन्त्रताका लागि फेरि पनि जनताले लडाई गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसले मुलुकमा शान्ति र सविधानको नेतृत्व नगरेको भए अझैपनि मुलुकमा द्धन्द कायम रहिरहने दावि गरे ।

उनले काँग्रेसका कारण नै आम नागरिकले स्वतन्त्रता पाएको भन्दै अहिलेको अधिनायकवादी सरकारले नागरिकको स्वतन्त्रता हनन्को प्रयास गरेको आरोप लगाए । शर्माले मुलुकमा शान्ति स्थापना र संविधान ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खलेको भन्दै कम्युनिष्टहरूका कारण देशकै अस्तित्व संकटमा परेका बेला कांग्रेसले देशलाइ गति दिएकाे उनले बताए । ‘कांग्रेसले शान्ति र संविधानको अभिभारा पूरा नगरेको भए देशमा अहिलेकाे जस्ताे शान्ति नहुने उनकाे भनाइ थियाे । उनले भने, ‘कांग्रेसले जनतालाइ स्वतन्त्रता दिए पनि अहिलेकाे कम्युनिष्ट सरकारले त्याे स्वतन्त्रता खाेस्न खाेजेकाे उनले अाराेप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य दिलबहादुर घर्ती, केन्द्रीय सदस्य तथा जागरण अभियानका लमजुङ प्रतिनिधि कमला पन्त, केन्द्रीय सदस्य एवं नेपाल महिला संघ केन्द्रिय सभापति डा. डिला संग्रौला लगायतले मन्तव्य राखेका थिए । नेपाली काँग्रेस केन्द्रिय अभियान अन्तर्गत जिल्ला कार्यसमिति लमजुङले जिल्लाका विभिन्न क्षेत्रमा कार्यक्रम गरी पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको नेपाली काग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *