जन्मदिनमा अाश्रमलाइ ५१ हजार बराबरकाे सहयाेग

बेसीशहर, जेठ २८ गते । बेसीशहरमा हुलाकी सप्लायर्स सञ्चालन गर्दै आएकी सुशिला सिलवालले बेसीशहरमा रहेको मानव सेवा आश्रमलाई ५१ हजार रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गरेकी छन् ।
आफ्नो ३९ औं जन्मदिनको अवसरमा सिलवालले आश्रममा सहयोग गरेकी हुन् । फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढिरहेको बेला त्यस्तो फजुल खर्च रोकेर त्यस्तो ठाउँमा खर्च हुने रकम रचनात्मक कार्यमा खर्च गर्ने अभिप्रायले सिलवालले आश्रममा सहयोग गरेकी हुन् ।
लमजुङ उधोग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवालकी श्रीमति सुशिलालले श्रीमान् तथा परिवारका सदस्यसमेत भएर जन्मदिनको अवसरमा आश्रमका लागि १ थान वासिङ मेशिन, १ थान अफिस टेवुल, २ थान प्रेसर कुकर र स्टिलको प्लेट र चम्चा १५÷१५ थान प्रदान गरेकी हुन् ।
आश्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरी सिलवाल परिवारले ती सामग्री आश्रमलाई हस्तान्तरण गरेका हुन् । आश्रमले सिलवाल परिवारको मानवताप्रेमी, परोपकारी कार्यको प्रशंसा गरेको छ ।
यसैबीच बेसीशहरस्थित विद्या विकास अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको २ हजार एकसय ५० रुपैयाँ आश्रमलाई हस्तान्तरण गरेका छन् । आश्रमको सुरुवातको समयदेखि नियमित रुपमा सहयोग गर्दै आएका विद्यार्थीहरुले सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गर्दै उनीहरुको उज्ववल भविष्यको कामना गरेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *