नेपाल बैंककाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सरिता थापा घिमिरे

नेपाल बैंक लिमिटेड बेसीशहर शाखाले बेसीशहर नगरपालिकाकाे वडा नंं ३ मा वित्तिय साक्षरता कार्यक्रम र सुनाैलाे बैंक खाता अभियान सम्पन्न गरेकाे छ ।

शाखाका प्रबन्धक विनाेद सापकाेटाकाे अगुवाइमा गएकाे बैंककाे टाेलीले गाउँशहरकाे थुम्काडाँडामा कार्यक्रम गरेकाे हाे । अभियानका क्रममा बैंक कर्मचारीहरूले नेपाल सरकारले सबै नेपाली वित्तिय साक्षर बन्न सकून, सबैकाे बैंकिङ सेवामा पहुँच पुगाेस र राज्यले प्रदान गर्ने रकम र सुविधा सजिलाे र पारदर्शी हिसाबले प्रदान गर्न सकियाेस् भन्ने हेतुले २०७६ बैशाखदेखि शुरू गरेकाे अभियानकाे जानकारी गराएका थिए ।

साथमा नेपाल बैंक लिमिटेडले ल्याएकाे समृद्ध नेपाल अभियान बचत खाताकाे बारेमा शाखा प्रबन्धक विनाेद सापकाेटा लगायतका कर्मचारीले जानकारी गराएका थिए । साे अवसरमा याे खाता अन्य कुनै पनि बैंकमा खाता नभएका ब्यक्तिले खाेल्न सक्ने र यसरी खाता खाेल्दा बैंकले १०० रूपैयाँ अाफ्नाे तर्फबाट राखिदिने र ब्याज ६.५ प्रतिशत दिइने जानकारी गराइएकाे थियाे । यस्ताे खाता खाेल्न एकप्रति फाेटाे, नागरिकता र मतदाता परिचयपत्रकाे प्रतिलिपी भए पुग्ने र बाँकी विवरणा खातामा १ लाखकाे काराेबार नाघेपछि पेश गर्न सकिने जानकारी गराइएकाे थियाे । यस्ताे खातामा माेबाइल बैंकिङ, एविविएस् सुविधा र एटीएम निःशुल्क दिइने जानकारी गराइएकाे थियाे ।

साक्षरता अभियानका क्रममा कानुनतः इजाजतपत्र प्राप्त निकाय भएकाे र नियिमित नियमन र सुपरीवेक्षण हुने हुँदा बैंकमा पैसा राख्दा बढी सुरक्षित हुने, समयमा निश्चित ब्याज पाइने, पानी, बत्ती, टेलिफाेन तिर्ने सुविधा पाइने जानकारी गराइएकाे थियाे ।

साे अवसरमा बैंक भाैचर भर्दा ध्नयान दिनु पर्ने नगद र नाेटकाे विवरण, पैसा जम्मा हुने खाताकाे नम्बर प्रष्ट लेख्ने  जम्मा गर्ने ब्यक्तिकाे नाम, फाेन नम्बर लेख्ने र १० लाख भन्दा बढीकाे रकम जम्मा गर्दा साे रकमकाे श्राेत खाेल्नु पर्ने लगायतका ब्यवस्थाबारे पनि जानकारी गराइएकाे थियाे ।

साक्षारता अभियानका क्रममा बैंकले ढुकुटी खेल्ने जस्ता अन्य अनाैपचारिक निकाय वा समूहमा बचत गर्दा हुने वेफाइदाबारे पनि जानकारी गराएकाे थियाे । ढुकुटी वा अन्य अनाैपचारिक समूहमा काराेबार गर्दा कानुनी प्रमाणाकाे अभावमा जम्मा गरेकाे रकम डुब्ने सम्भावना हुने,  ऋण लिँदा उच्च ब्याज तिर्नु पर्ने, घरमै पैसा राख्दा चाेरी डकैती, अागलागीबाट नष्ट हुन सक्ने र फजुल खर्च हुन सक्ने बारे जानकारी गराइएकाे थियाे ।

त्यस्तै साहू महाजनसंग ऋणाकाे काराेबार गर्दा साेझासिधा ब्यक्तिलाइ मनपरी शर्त राखेर तमसुक गराइ साेझासिधाकाे बिचल्ली बनाइदिन सक्ने, ढुकुटी खेल्दा ढुकुटी सञ्चालकहरू भागेर रकम डुब्न सक्नेतर्फ सचेत गराइएकाे थियाे ।

बेसीशहर नगरपालिकाकाे कार्यपालिका सदस्य अजय मजाकाेटीकाे संयाेजनमा भएकाे कार्यक्रममा थुम्काडाँडाका १ सय बढीले बैंकमा खाता खाेलेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *