मर्स्याङदी गाउँपालिकामा बजेट सम्बन्धी अन्तरक्रिया

बेसीशहर, असार ५ गते ।

मर्स्याङ्दी गाउँपालिकालेअगामी आ.व.२०७६/७७ को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धि सरोकारवालाहरु सङ्ग अन्तरक्रिया तथा सुझाव सङ्कालन कार्यक्रम सम्पन्न गरेकाे छ ।

संविधन सभाका सदस्य जमीन्द्रमान घलेकाे प्रमुख अातिथ्य र गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा गण्डकी प्रदेशका प्रमुख हेमजङ्ग गुरुङ,जिसस सदस्य नन्दराम बि.क.,नेकपा मर्स्याङ्दी पालिका कमिटीका अध्यक्ष धनसिङ्ग तामाङ,नेपाली काङ्ग्रेसका प्रतिनिधि नर बहादुर गुरुङ,बाहुनडाडा गाविसकापुर्व अध्यक्ष कुल बहादुर घले लगायतले गाउँ पालिकाले अागामी बजेटमा समेट्नु पर्ने याेजनाका बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा कृषि बिज्ञ रमेशचन्द्र सुवेदी र पशु विज्ञ ओमकार पाण्डेले कृषि,पशुपालन र जडिबुटीको सम्भावनाको बारेमा सम्भ्यायता अध्ययन प्रतिबेदन प्रस्तुत गरेका थिए ।गाउँपालिका उपाध्यक्ष होम बहादुर बि.क.ले स्वागत गरेका थिए । साे अवसरमा पालिका स्तरीय राजनीतिक दलका कार्यकर्ता,सामाजिक अगुवा, गैससका प्रमुख एबम प्रतिनिधि,शिक्षक संघ सङ्गठनका प्रमुखहरु,प्रधानाध्यपक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले पुर्वाधार,आर्थिक,सामाजिक, वन तथा वातावरण संरक्षण, गरिबी निवारण लगायतका क्षेत्रमा प्राथमिकता आधारमा बजेट बिनियोजन गर्न सुझाव दिएका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *