बेसीशहर नरपालिकाको आगामी आवका लागि ७२ करोड २८ लाख बजेट

बेसीशहर, असार ५ गते ।
बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ७२ करोड २८ लाख ३ हजारको बजेट प्रस्तुत गरेको छ । मंगलबारबाट शुरू भएकाे नगरसभामा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं आर्यालले नीति, कार्यक्रम सहित याे बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको संशोधित बजेट भन्दा १७ दशमलव ०४ प्रतिशतले वढी वजेट सर्वाजनिक गरेको हाे । जस अनुसार पुजिगत तर्फ २१ करोड ३३ लाख २३ हजारकाे बजेट छ। जसमध्ये पुर्वाधार विकासमा १४ करोड ९३ लाख २२ हजार, समाजिक विकासमा ३ करोड २८ लाख ८२ हजार, आर्थिक विकासमा २ करोड २५ लाख ३६ हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा ६३ लाख ३७ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा २२ लाख ४६ हजार बजेट छ ।

त्यस्तै नगरपालिकाकाले निशर्त अनुदान तर्फ ३१ करोड ७३ लाख ३ हजार, ससर्त अनुदान तर्फ २१ करोड ९५ लाख, सामाजिक सुरक्षातर्फ १२ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि  एक करोड वजेट  छुट्याएकाे छ । आगामि आर्थिक वर्षकाे लागि  ३ करोड २८ लाख १० हजार अनुमानित आन्तरिक आय  पनि नगरसभामा प्रस्तुत गरियाे । याे चालु आर्थिक वर्षको संशोधित अनुमान भन्दा  ११ दशमलव १६ प्रतिशतले वढि रहेको नगरप्रमुख अर्यालले बताए ।

नगरसभाकाे गणडकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेका हुन् । नगरसभा उद्घाटन गर्दै  उनले जनप्रतिनिधीहरु भ्रष्टाचारमा लिप्त हुँदै गएकाे भन्दै जनप्रतिनिधिकाे कृयाकलाप र अाचरण ठीक नदेखिएकाे बताए । जनप्रतिनिधिका गलत कृयाकलापका कारण मुलुकको शासन प्रणाली कमजोर बन्दै गएको भन्दै मुख्यमन्त्रीले जनप्रतिनिधिहरू ठेकेदारसमेत बन्ने गरेकाे भन्दै असन्तुष्टि पाेखेका हुन् ।

जनप्रतिनिधीहरु आँफै वा परिवार, आफन्तहरुलाई ठेक्का दिँदै उपभोक्ता समितिसँग मिलेमतो गरी धेरैठाउँमा भ्रष्टचार गरेको अाफ्नाे जानकारीमा रहेकाे भन्दै उनले जनताकाे दुःख सुखमा लाग्नु पर्ने जनप्रतिनिधिहरूकाे अाचरणा सुधार्न अाग्रह गरे ।

बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभालमा भएको नगरसभामा प्रदेश साँसद एवं नेकपा लमजुङका अध्यक्ष मधु अधिकारी, जिल्ला समन्वय समिति प्रमूख लोकराज पाण्डे, नेपाली काँग्रेस लमजुङका सभापती भेषबहादुर पौडेल, प्रमूख जिल्ला अधिकारी डा. डिजन भट्टराई, नेपाल बार ईकाई लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, मस्र्याङदी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरी बराल, लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष राजेश थापा लगायतले मन्तब्य राखेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *