मत्स्य ब्यवसायी संघकाे चाैथाे साधारणसभा, अध्यक्षमा कडरिया

सुन्दरबजार, असार ६ गते ।

नेपाल मत्स्य ब्यवसायी संघ लमजुङकाे चाैथाे साधारण सभा शुक्रबार सुन्दरबजारमा सम्पन्न भएकाे छ । साधारण सभाले खगराज कडरियाकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेकाे हाे ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङकाे अायाेजनामा सुन्दरबजारमा अायाेजित तीनदिने माछापालन तालिमकाे समापनपछि मत्स्य ब्यवसायीकाे साधारण सभा भएकाे हाे । नवगठित समितिकाे उपाध्यक्षमा मिन बहादुर भण्डारी (मध्यनेपाल), सचिवमा दिपक थापा (राइनास) काेषाध्यक्षमा शम्भु राेका, सहसचिवमा हरिचन्द्र पाेखरेल र सदस्यहरूमा गाेपाल गुरूङ(मध्यनेपाल), नरबहादुर विक (राइनास), खेमबहादुर गुरूङ (दूधपाेखरी), मनबहादुर रिमाल  (बेसीशहर), बलबहादुर दुरा (सुन्दरबजार) चयन गरेकाे छ ।

त्यस्तै प्रदेश प्रतिनिधिमा खगराज नखाेला,टुकबहादुर घले, अर्जुन अधिकारी, श्रीकृष्ण घिमिरे र श्यामका घिमिरे चयन भएका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *