बांग्रेबेसी–भदाैरेका किसानलाइ माैरीघार वितरण

भाेर्लेटार, असार ९ गते ।

मध्यनेपाल नगरपालिकाले किसानका लागि माैरीघार वितरण गरेकाे छ । नगरपालिकाकाे वडा नं. ९ बांग्रे बेसी भदाैरेलाइ माैरीपालनकाे पकेट क्षेत्रकाे रूपमा विकास गर्ने उद्देश्यका साथ त्यहाँका किसानलाइ माैरीका घार वितरण गरिएकाे हाे ।

भदाैरेमा साेमबार एक समाराेहबीच मध्यनेपालका नगरप्रमुख रमेशकुमार पाण्डेले किसानहरूलाइ माैरीघार प्रदान गरेका छन् । भदाैरेका ४५ घरपरिवारलाइ अाय अार्जनका लागि माैरीघार वितरण गरिएकाे हाे ।

किसानलाइ माैरीघार वितरण गर्दै नगरप्रमुख पाण्डेले माैरीपालन ब्यवसाय गरी मनग्गे अाम्दानी गर्न सकिने बताए । अहिले शुद्ध महकाे माग देश विदेशबाट हुने गरेकाे भन्दै माैरीपालन गरी महउत्पादन गरी अायअार्जन गर्न अाग्रह गरे । उनले ब्यवसायीक रूपमा माैरीपालन गरेमा नगरपालिकाले थप सहयाेग उपलब्ध गराउने भन्दै कृषिलाइ ब्यवसायीक गर्न सके विद्यमान गरिबी र बेराेजगारी समस्या हल गरी समृद्ध नेपाल बनाउन सकिने धारणा राखे ।

माैरीघार पाएपछि किसानहरू खुशी भएका छन्। उनीहरूले माैरीपालनका साथै तरकारी तथा फलफूल खेतीमा अाइपर्ने  किसानका समस्या बुझेर बेला बेलामा कृषि प्राविधिकहरू गाउँ गाउँमा पठाउन र विभिन्न तालिमहरूकाे अायाेजना गरिदिन नगरप्रमुख पाण्डेसंग अाग्रह गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *