विद्यार्थीलाई लागूपदार्थ दुर्व्यसन सचेतना

शान्ता कमली
लमजुङ १० असार
बेंसीसहर नगरपालिकामा गठन भएको बेंसीसहर नगर युवा सञ्जालले विद्यार्थीलाई लागूपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम गरेको छ । बेंसीसहर नगरपालिका १०, खासुरबेंसीमा रहेको जनजागृति माविका विद्यार्थीलाई लागुपदार्थ दुव्र्यसनीविरुद्ध युवा विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया गरिएको हो ।

सोमबार विद्यार्थीलाई लागुपदार्थको असर र प्रयोग गर्नेलाई कानुनी कारबाहीबारे जानकारी गराइएको थियो ।
विद्यालयमा गएर विद्यार्थीलाई लागु पदार्थ, यसको दुव्र्यसनी, यसबाट हुने सवैखाले हानी, कानुनी कारबाहीबारे जानकारी गराइएको छ । बेंसीसहर नगर युवा सञ्जालका अध्यक्ष निश्चल पाण्डेले अहिलेका युवा देशको जग भएको भन्दै जग देश बनाउन जग बलियो हुनुपर्ने बताए । पछिल्लो समय युवा विद्यार्थीमा लागु पदार्थ दुव्र्यसनीको समस्या बढेको भन्दै यसले कसैलाई फाइदा नपुग्ने र यसले विकृतिविसंगति फैलिएर ज्यान समेत जाने भएकाले युवा विद्यार्थी त्यसतर्फ नजान आग्रह गरे ।

जिल्ला युवा परिषद् अन्तर्गत जिल्ला युवा समितिको समन्वय, बेंसीसहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहयोगमा लागुऔषध दुव्र्यसनी विरुद्धको अन्तराष्ट्रिय अभियानको एकहप्ते कार्यक्रम अन्तर्गत बेंसीसहर नगरपालिका युवा सञ्जालले कार्यक्रम आयोजना गरेको हो ।
बेंसीसहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले लागूपदार्थ सेवनले असल व्यक्तीलाई समेत खराब बनाउने भन्दै यसतर्फ युवापुस्ता लाग्न नहुने बताइन् । सुन्दर भविष्य बोकेर अगाडी बढेका युवाहरु पछिल्लो समय लागुपदार्थ दुव्र्यसनमा फसेसँगै समाजमा नकारात्मक कार्यहरु बढेको बताइन् । उनले समाजमा विकृति विसंगति फैलिने भएकाले यसतर्फ कसैले पनि चासो दिन नहुने बताइन् ।

कार्यक्रममा जिल्ला युवा समिति लमजुङका अध्यक्ष विवश बुढाथोकी, नेकपा कार्यालय सचिव जीवराज घले, बेंसीसहर नगर खेलकुद विकास समितिका अध्यक्ष गोविन्द खड्का, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दबहादुर घले लगायतले बोल्दै लागुपदार्थ प्रयोगबाट आफु र समाजलाई समेत नकारात्मक प्रभाव पार्ने बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *