मर्स्याङदी गाउँपालिकाकाे गाउँसभा सम्पन्न, बजेट ४७ कराेड पारित

मर्स्याङ्दि गाउँपालिकाको आ व २०७६/०७७ को गाउँ सभा सम्पन्न भएकाे छ । गाउँ सभा बाट आ व २०७६/०७७ को लागि ४७ कराेड ५ लाख ,८४ हजार ४४४ बजेट पारित भएकाे छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले  बजेट प्रस्तुत गरेका थिए । अध्यक्ष गुरूङले प्रस्तुत गरेकाे आर्थिक बिधेयक र बिनियोजन बिधेयक २०७६ गाउँसभाले सर्वसम्मतिले पारित भएकाे छ ।

बिनियोजित बजेटको सफल कार्यन्वयन सवै मर्स्याङ्दि गाउँ वासिहरुको दायित्व हुन आउने अध्यक्ष गुरूङले बताएका छन् । उनले बजेट कार्यान्वयन र सम्पुर्ण जनप्रतिनिधि, रास्ट्र सेवक कर्मचारिहरु, तमाम सामजिक अभियान्ता एकजुट भएर समृध्द गाउपालिका निर्माणको यात्रामा एकजुट भएर अगाडि बढ्ने बेला अाएकाे भन्दै बजेट निर्माण र गाउँ सभाकाे सफलताका लागि सबैकाे रचनात्मक र सकृय सहभागिताको निम्ति आभार प्रकट गरेका छन् ।

गाउँपालिकाले केही दिन अघि अागामी अार्थिक बर्षकाे नीति, कार्यक्रम तथा बजेटको बारेमा अन्तरक्रिया तथा सुझाव संकलन गरेको थियाे । त्यस अबसरमा संविधान सभा सदस्य जमिन्द्रमान घले, राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश प्रमुख हेमजङ गुरुङ, जिल्ला समन्वय समितिका सदस्य नन्दराम विक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मस्र्याङदी गाउँपालिका अध्यक्ष धनसिंह तामाङ, कांग्रेसका नरबहादुर गुरुङ, साबिक बाहुनडाँडा गाविसका पूर्व अध्यक्ष कुलबहादुर घले, कृषि विज्ञ रमेशचन्द्र सुवेदी, पशु विज्ञ ओमकार पाण्डेलगायतले बजेटमा समावेश गर्नु पर्ने विषय र गाउँपालिकाका प्राथमिकता निर्धारणका विषयमा सुझाव राखेका थिए ।

अधिकांशले कृषिको क्षेत्रमा बजेट बिनियोजन गरी आयआर्जनलाई अघि बढाउनुपर्ने, कृषिमा आधुनिकिरण गर्नुपर्ने, पर्यटन, खानेपानी, तथा भाैतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै बजेट आवश्यकता पर्ने भएकाले त्यसमा ध्यान दिन सुझाएका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *