आर्थिक बर्ष २०७६/०७७ का लागि सुन्दरबजार नगरपालिकाकाे ५४ कराेड बजेट

सुन्दरबजार, असार १० गते ।

सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ५४ करोड ३१ लाख २१ हजारको बजेट पारित गरेकाे छ ।

सुन्दर बजार नगरपालिकाका प्रमुख जनक मिश्रले आज सुन्दर बजार नगरपालिकाको पाँचौ नगर सभामा याे बजेट सार्वजनिक गरेका हुन् ।जसमध्ये चालू बजेट ३९ करोड र पुजिगत बजेट १५ करोड ३१ लाख २१ हजार रुपैयाँ रहेको छ। सुन्दर बजार नगरपालिका को लागि संघ सरकारले बित्तीय समानिकरण अनुदान १० करोड ६८ लाख , गण्डकी प्रदेश समानिकरण अनुदान १ करोड २३ लाख ४६ हजार , संघ सरकार राजस्व ७ करोड २५ लाख , गण्डकी प्रदेश राजस्व ३९ लाख ७५ हजार आन्तरिक आम्दानी ९० लाख प्रदेश सरकार समपुरक अनुदान ५० लाख अन्य मालपोत रजिस्ट्रेशन कृषि पशुपालन १ करोड ,सडक बोर्ड ३५ लाख , प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ५० लाख सामाजिक सुरक्षा ७ करोड ५० लाख , संघ सरकार ससर्त आनुदान २ करोड २६ लाख रहेकाे नगरसभामा नगरप्रमुख मिश्रले जानकारी दिए ।

नगरपालिकाले कृषि तथा पशुबिकाश कार्यक्रम मा १ करोड ५० लाख , पर्यटन मा २२ लाख घरेलुु तथा स्वरोजगारमा १० लाख , भवनमा १ करोड ७५ लाख , सहकारी १ लाख , शिक्षा ४० लाख, राजस्व सुधार कार्यक्रम १ लाख, खेलकुद १० लाख ,स्वास्थ २० लाख ,खानेपानी सरसफाइ ५० लाख , कला संस्कृती ३ लाख , लैगिक समानता तथा सानाजिक समाबेशिकरण २० लाख , लागत सहभागितामा आधारित नगर पुर्बाधार तर्फ ५० लाख , अन्य पुर्बाधार योजना तर्फ १ करोड २० लाख , मर्मत सम्भारमा ३० लाख , वातावरण तथा बिपद ब्यबस्थापनमा ११ लाख , संस्थागत बिकास सेवा प्रवाह र क्षमता बिकासमा १० लाख, वडागत योजनामा ६ करोड ५ लाख , साना पुर्बधार योजनामा ४४ लाख , फर्निचर खरिद का लागि १० लाख बजेट छुट्याएको छ ।

कार्यक्रममा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेले बजेट र नीति तथा कार्यक्रम सबै नगरबासी मिलेर सफल बनाउनु पर्नेमा जाेड दिए ।

नीति तथा कार्यक्रममा समाबेश गरिएको गण्डकी प्रदेश सरकारले सुन्दर बजार नगरपालिका भित्र उधोग ग्राम स्थापना गर्न प्रारम्भिक अध्ययन गरेको र यसको लागि आवश्यक जमिन नगरपालिका ले उपलब्ध गराउन पहल गर्नुपर्ने, पर्यटन प्रबर्द्धनका लागि सम्भावना भएका बस्तिहरुमा होम स्टे कार्यक्रम कार्यन्वयन पहल गर्ने बिषय बस्तुहरु अत्यन्तै महत्त्वपूर्ण भएकोले सुन्दर बजार चेम्बर अफ कमर्सले यसलाई स्वागत गरेकाे बजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले बताए ।

सुन्दर बजार नगरपालिका वडा नम्बर २ परेवाडाडामा विभिन्न उधोग हरु स्थापनाको लागि सुन्दर बजार नगरपालिकाको नीति तथा कार्यक्रममा पर्नु अत्यन्तै प्रभाबकारी भएको तार्कु स्वाबलम्बन साकोसका अध्यक्ष नवीन कुमार श्रेष्ठले बताए। युवाहरूको लागि उधमशिलता अभिमुखिकरण कार्यक्रम सन्चालन , वडा स्तरमा युवा क्लब गठन ,नगर स्तर युवा संजाल , युवा संसद अभ्यास , युवा जनचेतना मुलक कार्यक्रम ,सबै वडामा खेल मैदान निर्माण जस्ता कार्यक्रमहरु नीति तथा कार्यक्रममा पर्नु सकारात्मक भएको सुन्दर बजार नगरपालिकाका वडा नम्बर ७ का युवा वडा सदस्य देब राज गुरुङले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *