मनाङकाे नासाेँ गाउँपालिकाकाे बजेट २४ कराेड

हिमालपारीकाे जिल्ला मनाङकाे नासाेँ गाउँपालिकाले अार्थिक बर्ष २०७६–०७७ काे लागि २४ कराेड रूपैयाँकाे बजेट ल्याएकाे छ ।

गाउँपालिकाकाे पाँचाै गाउँसभामा उपाध्यक्ष कमलामाया गुरूङले २४ कराेड १९ लाख १७ हजारकाे बजेट पेश गरेकी हुन् ।

गाउँसभामा पेश गरीकाे बजेट अनुसार संघीय सरकारबाट प्राप्त हुने राजश्व
बाँडफाँड तर्फ ३ करोड ५० लाख, प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ७ लाख ९६ हजार, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान
६ करोड ६४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान
१ करोड १७ लाख ५९ हजार, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७ करोड २९ लाख, संघीय सरकारबाट प्राप्त हुने सशर्त सामाजिक सुरक्षा अनुदान
६० लाख, प्रदेश सरकारबाट प्राप्त हुने विद्यालय भवन निर्माण अनुदान १ करोड
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय प्रतिनिधी सभा सदस्य)
१ करोड ५० लाख, प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (गण्डकी प्रदेश सभा सदस्य) १ करोड ५० लाख, गरिबसँग विश्वेश्वर कार्यक्रम ४ लाख र स्थानीय तह क्षमता विकास कार्यक्रमका लागि ३ लाख बजेट छुट्याइएकाे छ ।

त्यस्तै ब्ययतर्फ चालु तथा प्रशासनीक खर्चतर्फ ५ करोड ५९ लाख १७
हजार पूँजीगत खर्चतर्फ ६ करोड ६४ लाख, सामाजिक सुरक्षा कार्यक्रमतर्फ ६० लाख, विद्यालय भवन निर्माण अनुदान १ करोड, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७ करोड २९ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम
(संघीय प्रतिनिधी सभा सदस्य) १ करोड ५० लाख, प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (गण्डकी प्रदेश सभा सदस्य), १ करोड ५० लाख, गरिबसँग विश्वेश्वर कार्यक्रम ४ लाख र स्थानीय तह क्षमता विकास कार्यक्रमका लागि ३ लाख खर्च हुने उपाध्यक्ष गुरूङकाे बजेट बक्तब्यमा उल्लेख छ ।

गाउँपालिकाले पूर्वाधार विकास अन्तरगत गोरेटो, घोडेटो वाटो निर्माण तथा मर्मत, भवन निर्माण, उर्जा तथा लघु विद्युत विकास, गेट निर्माण, बाटो ढलान लगायतका अधुरा एवं क्रमागत योजनाहरुलाई प्राथमिकताका साथ बजेटमा राखेकाे छ । यसका लागि १ करोड ६५ लाख ९९ हजार रकम विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ पर्यटन क्षेत्रको दीर्घकालीन विकासलाई मध्यनजर गर्दै आगामी आ.ब.मा नै
पर्यटन विकास गुरुयोजना तयार गरि योजनाबद्ध रुपमा यो क्षेत्रलाई विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएकाे छ । आर्थिक समृद्धिका लागि बढिभन्दा बढि स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउने र पर्यटकको बसाई
अवधि लम्ब्याउने तर्फ ध्यान केन्द्रित गर्दै वैकल्पिक पदमार्गको विकास, होमस्टे प्रबद्र्धन, भ्यू टावर,निर्माण तथा सम्पदा संरक्षण जस्ता क्षेत्रहरुलाई  जोड दिइएको छ । गाउँपालिकाको ताल–नाचै–तिल्चे–ताचै–घेलाञ्चोक–ओडार–घेराङ–ताल सम्मको चक्रीय पदमार्गको
अवधारणालाई टेवा पुग्ने गरी पदमार्गको निर्माण तथा स्तरोन्नतिका कार्यहरु विभिन्न स्थानबाट शुरु गर्ने, नासोँ गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन कृषिमा आधुनिकीकरण तथा माटो सुहाउँदो बाली
लगाई कृषि उत्पादनमा बृद्धि गर्ने, हाइब्रिड स्याउको विरुवा रोपण गर्ने, उन्नत विउबीजन वितरण, मल ढुवानी अनुदान, लागत साझेदारीमा ग्रीन हाउस निर्माण, कृषि अनुसन्धान र परामर्श लगायत कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।  पशुपालन मार्फत जनताको आयस्तर बढाउन, पशुपंक्षीमा लाग्ने रोगहरुको रोकथाम तथा उपचारलाई प्रभावकारी बनाउन
यो आर्थिक वर्षमा पशु विकास कार्यक्रमतर्फ रु. १० लाख विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ शिक्षामा ५० लाख र  स्वास्थ्यतर्फ धारापानीमा आकस्मिक स्वास्थ्य सेवा डेस्क, एम्बुलेन्स लगायतका कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरिएको छ । १५ शैयाकाे अस्पतालकाे डिपिअारका लागि २० लाख बजेट छ । बजेटमा महिलाहरु प्रति सम्मान गर्दै उनीहरूकाे मागमा आधारित शिपमूलक तथा आयमूलक क्षमता विकास कार्यक्रम तथा तालिमहरु संचालन गरि विकासको मूल प्रवाहमा ल्याउने उद्धेश्यले विभिन्न सशक्तिकरणका कार्यक्रम संचालन गर्न  १२ लाख रकम विनियोजन गरिएको छ ।

खेलकुदको विकास मार्फत युवाहरुको सशक्तिकरण, शारीरिक तथा मानसिक
विकास तथा अनुशासन वृद्धि गर्न खेलकुद विकासका कार्यक्रमहरु संचालन गर्न रु.५ लाख रकम विनियोजन गरिएको छ । एक गाउँपालिका एक खेलकुद मैदानको राष्ट्रिय अवधारणा अनुसार वडा नं. १  तालमा रहेको खेलकुद मैदानलाई स्तरोन्नतीका लागि सम्बन्धित निकायमा विशेष पहल गर्ने नीति
लिइएको छ ।  दलित वर्ग उत्थान कार्यक्रमका लागि रु.५ लाख बजेट विनियोजन गरिएको छ


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *