गम्बारो राेगले कुखुरा सखाप, किसान मर्कामा

बेलिना थापा

लमजुङ, असार १८ गते ।

लमजुङका एक किसानले पालेका लेयर्स कुखुरा गम्बारोको प्रकोप देखा परेको छ ।

विदेशबाट फर्किएर कुखुरापालन गर्दै आएका सुन्दरबजार नगरपालिका ३ लामिखेतका ३२ बर्षीय ज्ञानेन्द्र के.सी. को फार्ममा रहेका कुखुरा धमाधम मर्न थालेको हो ।

फार्म निर्माण गरी कुखरा पाल्दै आएका उनकाे खाेरमा  एक महिनाको अवधिमा ९ सय ४५ कुखुरा मरेका छन् । २ हजार लेयर्स कुुखुराको चल्ला राखेर ब्यवसाय शुरू गरेका उनि अहिले चिन्तामा छन्। ‘विदेशमै राम्रो कमाई थियो । देशमै युवा नीति आयो । युवा स्वरोजगार, युवालाई अनुदान दिने कुरा सुनेर घरै फर्किएँ र कुखुरा पाल्न थालें’ उनले भने, ‘पालेको कुखुरा मरेर नोक्सानै नोक्सान पो हुने भो । अनुदान पनि कतै पाइएन ।’

कुखुरा धमाधम मर्न थालेपछि ज्ञानेन्द्रले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बेंसीसहरका प्रमुख रुपेश श्रेष्ठको सहयोगमा मरेकाे कुखुराकाे पोष्टमार्टम गर्दा गम्बारो रोग लागेको पत्ता लागेको उनले बताए । रिपोर्ट अनुसार यो रोगले कुखुरा मर्दैै जाने गर्छ । बाँकी कुखुरालाई औषधी भने गर्न सकिन्छ । ‘दुःख गरेर व्यवसाय सुरु गरेँ । सुरुमै नोक्सान भयो । जोस जाँगरका साथ विदेशबाट आउनुको अर्थ नै भएन । सहयोग गर्ने कोही भएन’ उनले भने, ‘अझैं कुखुरा थप्ने सोंच थियो । भएका सबै मर्न थाले । के गर्ने, के नगर्ने भएको छ ।’

युवालाई सहुलियतमा ऋण दिने भनेपछि काठमाडौं र जिल्लाका विभिन्न बैंकमा पुगेर ऋण माग्दा पनि नपाएपछि उनले व्यक्तिगत ऋण लिएर व्यवसाय सुरु गरेक थिए । बैंकबाट १४ प्रतिशत ब्याजदरमा १५ लाख ऋण लिएर फार्म बनाउनुका साथै कुखुरा राखेका उनलाइ अहिले ऋणले थिचेकाे छ। आफुसंग भएको १० लाख समेत थपेर २५ लाख लगानीमा कुखुरा पाल्न थालेका उनी कतैबाट सहयाेग नपाउँदा निराश छन् ।

६ हजार स्क्वायर फिटको कुखुरा फार्म बनाएका उनले कुखुराका चल्ला चितवनबाट ल्याएका थिए । ‘विदेशमा महिनाको २ लाख कमाउँदै अाएका उनी स्वदेशमा कुखुरापालन गरी स्वराेजगार हुने भन्दै याे पेशामा लागेका थिए।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *