लमजुङमा विभिन्न प्रजातिका पाँच सय बढी विरुवा वृक्षारोपण

शान्ता कमली
लमजुङ १४ असार
लमजुङमा विभिन्न स्थानमा विरुवा रोपेर बृक्षारोपण अभियान सुरु गरिएको छ । वृक्षारोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय लमजुङ, वन उपभोक्ता समूह र विभिन्न संघ संस्थाले विरुवा रोपेर वृक्षारोपण अभियान सूरु गरेका छन् । डिभिजन वन कार्यालयले बेसीशहर नगरपालिका वडा नं. २ स्थित सूर्यमुखी सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपेर अभियान सुरु गरेको हो । वृक्षारोपण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सामुदायिक वनमा विरुवा रोपेर गरे । उनले विरुवा रोपेर मात्र उपलव्धी हासिल गर्न नसकिने भन्दै त्यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । सो सामुदायिक बनमा लप्सी, तेजपात, बकाइनो र किम्भूका ५० विरुवा रोपिएको डिभिजन वन कार्यलयका प्रमुख मोहनराज काफ्लले जानकारी दिए । यसैगरी लमजुङ प्रहरी जिल्लाका विभिन्न स्थानमा करिव ५ सय विरुवा रोपेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा प्रहरीको सक्रियातामा ३५ प्रजातिका ४ सय ९८ विरुवा रोपिएको हो । बेसीशहस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भने लप्सी, गोलमोहोर र तेजपातका ८० विरुवा रोपिएको प्रहरी निरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।
तस्वीर ः बेसीशहर नगरपालिका वडा नं. २ स्थित सूर्यमुखी सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपेर अभियान सुरु ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *