७० कराेडकाे लागतमा राइनासकाेटमा अाधुनिक विद्यालय भवन

लमजुङ मनाङ डटकम

राइनासकोट, असार १९ गते ।

भवन हेर्दा देशकै ठूलाे प्रशासनिक भवन वा कुनै विश्वविद्यालय जस्तो । चारतले भवनमा भूमीगत १ तला माथि तीन तला । झट्ट हेर्दा कुनै मन्त्रालय जस्तो । विदेशी पूँजी र विदेशी प्रविधिमा बनेको यो भवन अन्यत्र कहीँको नभै लमजुङको एक विद्यालयको हो ।
पर्यटकीय राइनासकोटमा रहेको भैरब माध्यमिक विद्यालयको भवन हो यो । नेपालकै नमूना र सुविधासम्पन्न यो विद्यालय मित्रराष्ट्र चीनले बनाइदिएको हो ।
७० करोड रुपैयाँको लागतमा बनेको यो भवनमा आठ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ६८ वटा कोठा छन् । २०७२ को महाभुकम्पले विद्यालयको भवन भत्किएपछि विद्यार्थी पढाउन समस्या भयो । भत्केको भवनमा पढाउने कुरा भएन, चौरमा विद्यार्थी पढाउन थालियो । चौरमा छाप्रो हालेर पढ्दै गर्दा चिनीया सरकारले भूकम्प प्रभावित क्षेत्रमा नमूना विद्यालय बनाउने सुनेपछि विद्यालयले त्यसतर्फ पहल ग¥यो र छनोटमा पर्न सफल भएको विद्यालयका ब्यवस्थाप न समितिका अध्यक्ष समेत रहेका राइनासका नगरप्रमुख सिंहबहादुर थ ापाले बताए ।
भवन निर्माणका लागि जनशक्ति र प्रविधि सबै चीनबाटै आएका हुन् । चिनीया कम्पनीले निर्माणको जिम्मा लिए पछि तीब्र रुपमा विद्यालयको निर्माण भयो । तीन बर्षभित्र बनाउने लक्ष्य लिइएको यो विद्यालय दुई बर्षभित्रै सकिएको बताइन्छ । अहिले यो राइनासकोटकै प्रमुख आकर्षणको रुपमा यो विद्यालय बन्न सफल भएको छ । यो विद्यालय पर्यटकीय राइनासकोटको थप आकर्षण मात्र बनेको छैन, यसलाई समग्र राइनास नगरपालिका र लमजुङकै गहनाको रुपमा विकास गर्नुपर्ने मत स्थानीय समाजसेवी क ृ ष्णर ाज ओलियाको छ । अहिले विद्यालयको भवन निर्माणको काम सम्पन्न भए पनि भवनमा पठन पाठन भने शुरु भएको छैन । अहिले निर्माण कम्पनीकै जिम्मामा छ, हस्तान्तरण भएको छैन ।
राइनासाका मेयर थापाका अनुसार भवनको दुई तलामा पठन पाठन गराइने छ । एक कक्षामा बढीमा २५ जनासम्म विद्यार्थी राखेर पठन पाठन गराइने छ । भवनको १७ वटा कोठामा विद्यार्थीको आवास बनाइने छ । बाँकीमा पुस्तकालय, विज्ञान प्रयोगशाला, शिक्षक कोठा, प्रअ कोठा, ब्यवस्थापन समितिको कोठा, वैठक कक्ष, प्रशासन, लेखा शाखा आदि रहने छन् । विद्यालयमा भलिबल, बास्केटबल आदि खेल्न पर्यप्त खेलमैदान ब्यवस्थित गरिएको छ । सवारी साधन राख्नका लागि छुट्टै पार्किङ स्थल बनाइएको छ । विद्यालय प्रांगणका विभिन्न ठाउँमा मा सौर्यउर्जाबाट बल्ने १० वटा सोलार बत्ती जडान गरिएको प्रमुख थापाले जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *