मर्स्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता

बेसीशहर, असार २० गते ।

लमजुङकाे भाेटेअाेडारमा मर्स्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । सुन्दरबजार नगरपालिका-९ बेलघारीमा अाज मध्यान्ह नदी किनारमा साथीहरुसँग खेल्ने क्रममा बहिनीको चप्पल नदीले बगाएपछि चप्पल समाउन खोज्दा स्थानीय रितु गुरुङ बेपत्ता भएकी हुन्।

सात बर्षकी ती बालिका सुन्दरबजार नगरपालिका-९ बेलघारीकी नन्दकुमारी गुरुङकी छोरी हुन् । स्थानीय रत्न प्राविको कक्षा तीनमा पढ्दै थिइन् । मर्स्याङदीकाे तीब्र बहावमा चप्पल समाउन गएकी उनलाइ नदीले बगाएकाे र लगत्तै उनी बेपत्ता भएकी स्थानीयलाइ उद्धृत गर्दै प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले बेपत्ता भएकी गुरूङकाे खाेजी कार्य जारी रहेकाे बताएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *