सुन्दरबजारमा गाँजा फडानी

विष्णुकुमार श्रेष्ठ

सुन्दरबजार असार २४ गते ।

सुन्दरबजारमा प्रहरीले ब्यापक रूपमा गाँजा फडानी गरेकाे छ । यस  नगरपालिका वडा नम्बर ७ को समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाइ प्रहरी चौकी पाउदी ढिक र स्थानीय जनप्रतिनिधि , व्यावसायि ,दोभान युवा कल्ब पाउदी , टोल बिकास समिती , समाजसेवीहरुले संयुक्त रुपमा पाउदीढिक र पाखाटारमा करिब ७०० वटा गाजाका बोटहरुको फडानी गरेका हुन् ।

गाँजा लागू अाैषधकाे रूपमा प्रयाेग हुँदै अाएकाे र यसकाे सेवनले युवा पुस्ता कुलतमा फस्दै जाने र पछि अरू खतरनाक लागु अाैषधकाे दुर्व्यसनमा फस्ने भएकाले समुदाय प्रहरी साझेदारीमा गाँजा फडानी गरिएकाे  सुन्दर बजार नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी पोख्रेल जानकारी दिए । समाज रुपान्तरणमा यस्तो कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले नै आफू अग्रसर भै गाजा फडानी कार्यमा सक्रियता पुर्बक लागेको वडा अध्यक्ष जयराम रेग्मिले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *