हिमालपारीको जिल्ला मनाङमा यार्तुङकाे राैनक

बेसीशहर, असार २५ गते ।

हिमालपारीको जिल्ला मनाङमा यतिबेला सांस्कृतिक पर्व यार्तुङकाे राैनक छाएकाे छ ।

असारकाे तेस्राे साताबाट माथिल्लाे मनाङबाट शुरू हुने यार्तुङ पर्व क्रमशः तल्लाे क्षेत्रमा मनाइन्छ । याे घाेडाचढीकाे पर्व हाे । काठमाण्डाै उपत्यकामा घाेडेजात्रा मनाइएजस्तै मनाङमा घाेडाचढीकाे पर्व यार्तुङलाइ भब्य रूपमा मनाउने चलन छ । भाषा र संस्कृतिकाे संरक्षण गर्नु कर्तब्य ठान्ने मनाङीहरू अाफ्ना परम्परागत पर्वहरू मनाउने क्रममा निकै सम्बेदनशील छन् । पश्चिमा सभ्यताले विस्तारै पकड जमाउँदै गरेकाे बेला परम्परागत चाडपर्वहरूकाे संरक्षण गरी भावी पुस्तालाइ हस्तान्तरणा गर्न मनाङीहरू कटिबद्ध छन् ।

यार्तुङमा घाेडा दाैडाउँदै मनाङीहरू । तस्वीर ः स्नाेमङ्की मुखिया

यस बर्षकाे यार्तुङ एकसातासम्म मनाउने गरी मनाङीहरू लागि परेका छन् । शनिबारबाट माथिल्लाे मनाङमा शुरू भएकाे याे पर्व पाँच दिन चलेर बुधवार सकिएकाे मनाङका टाइगर गुरूङले जानकारी दिए  ।  विगतमा दुई दिन मनाईने यो पर्व अघिल्लाे बर्षदेखि पाँच दिन मनाउन थालिएकाे हाे । यस पर्वकाे माध्यमले परम्परागत संस्कृतिकाे संरक्षणका साथमा पर्यटकहरूलाइ अाकर्षित गर्ने याेजना उनीहरूले बनाएका हुन् ।

मनाङमा यार्तुङ सकिएपछि ङावल, खाङसार, टंकी मनाङ, पिसाङ लगायतका ठाउँमा क्रमशः याे पर्व मनाउने चलन छ ।  यसलाइ त्यहाँकाे सामाजिक सद्भाव, एकताकाे पर्वकाे रूपमा लिइन्छ । पर्व शुरू गर्दा गुम्बामा गइ विधिपूर्वक पूजा अर्चना गरी धुप गहिथिमे गरेर गरिन्छ । त्यसपछि परम्परागत मनाङी पाेषाकमा सजिएका स्थानीयहरू अाफ्ना घाेडा लिएर पर्वमा सरिक हुने चलन रहेकाे मनाङका संस्कृतिकर्मी तथा फाेटाेग्राफर स्नाेमङ्की मुखियाले जानकारी दिए ।

तस्वीर ः स्नाेमङ्की मुखिया

बर्षा यामको अन्त्य हुन लाग्दा  तथा खेती भित्र्याई सकेपछि कार्तिकको अन्तिम या मङ्सिरको पहिलो सातामा ‘ने’ नामले यो पर्व मनाउने चलन मनाङमा छ ।  युवा हुन या पाका, घाेडा कुँदाउन सक्ने सबै याे पर्वमा सहभागी हुन सक्छन् ।

मनाङको मुख्य बालीमा गहुँ, फापर, आलु र स्याउ हाे । याे पर्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक सदभाव तथा एकताकाे प्रतीक हाे । पहिलो दिनमा गाउँका सबैजना भेला भई आ– आफ्ना घोडा लिएर नजिकको गुम्बामा जाने र त्यहाँ पूजापाठ गर्दछन् । पुजा सकेपछि घोडा दौड शुरू गरिन्छ ।

यो पर्व मनाउने क्रममा मनाङवासी आफ्नो परम्परागत भेषभूषामा सजिएर परम्परागत रूपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यस पर्वमा गाउँका युवा तथा वृद्धवृद्धा सबैले घोडा कुँदाएर पर्व मनाउँदै रमाउने गर्दछन् । यसरी घोडा दाैडमा प्रथम हुने घोडा मूल्यवान हुन्छ । कसैले किन्न खाेजमाे यसकाे मूल्य सामान्य घाेडा  भन्दा बढी पर्छ ।

यो पर्वको पहिलो दिन गाउँलेहरू एक ठाउँमा भेला भई गाउँ नजिकको गुम्बामा गहिथिमे बालेर यार्तुङ शुरु गरेका थिए ।  यार्तुङको चौथो दिन यो पर्वका सबै भन्दा महत्वपूर्ण दिन मानिन्छ । यस दिन यहाँका युवाले आफूलाई मन परेका युवतीलाई आफ्नो घोडामा राखेर गुम्बा घुमाउने गर्दछन् । गाउँका महिलाहरूले घोडा चढेर आउनेहरूलाई स्वागत गर्न गुम्बामा खादा र सगुन लिएर बस्ने प्रचलन छ । यसरी खादा र सगुन लिई सकेपछि गुम्बामा बत्ती बालेर युवायुवतीले मदिरापान र नाचगान गरी रातभर मनोरञ्जन गर्दछन् ।

यसरी पुजा अर्चना र नाचगान गर्नाले मित्रता कायम गरी गाउँमा अनिष्ट नहुने धार्मिक विश्वास रहदै अाएकाे छ । यतिबेला मनाङमा कमै पर्यटक पुग्छन् । खेतीपातीकाे काम पनि खासै हुँदैन । फुर्सदकाे बेला भएकाले मनाेरञ्जन गर्ने र गाउँ गाउँकाे हितमा सबै बसेर छलफल अन्तरक्रिया गर्न पनि यार्तुङ पर्वले जुराइदिने गरेकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *