गुरूकूलअाश्रमलाइ कृषि विकास बैंककाे साढे तीनलाख सहयाेग

बेसीशहर, असार २७ गते
कृषि विकास बैंक लिमिटेड बैंसीसहर शाखाले लमजुङको एक गुरूकूललाइ साढे तीनलाख सहयाेग गरेकाे छ । सुन्दरबजार नगरपालिकाकाे वडा नंं  ३, दुराडाँडा पाणिनीमा रहेकाे सनातन धर्म सेवा संघ गुरुकूल आश्रमलाई बैंकले साे रकम रुपैयाँ सहयोग गरेको हाे ।
बैंकले अाफ्नाे  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आश्रमलाई ३ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकाे शाखा प्रबन्धक नवराज सत्यालले जानकारी दिए ।

गुरूकुल अाश्रमका अध्यक्ष तोयनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखराका निर्देशक चेत नारायण सापकोटा, कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख तेजमान सिं भण्डारी लगायतले अाश्रमलाइ चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले यस अघि पनि साे अाश्रमलाइ ५० हजार रूपैयाँ सहयाेग गरेकाे थियाे । त्यस्तै बैंकले बेंसीसहर नगरपालिका ६, मकैडाँडास्थित गंगा मिलन माध्यामिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर साथै प्रोजेक्टर सहयोग गरेकाे छ । बैंकका शाखा प्रमुख सत्यालले ग्रामीण भेगमा बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउन सामाजिक अभिमुखीकरण सहितको बैकिङ सेवालाई आफ्नो सिद्धान्तमा समेटेको कृषि विकास बैकले आवश्यक नीति तथा रणनीति बनाएर वित्तय साक्षरता कार्यक्रमलाई ब्यापक रुपमा जोड दिँदै आएको जानकारी दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *