लमजुङ महाेत्सव २०७५ मा २३ लाख नाफा, १८ लाख उठ्नै बाँकी

बेसीशहर असार २८ गते ।

गत फागुन १९ देखि २९ सम्म चलेकाे छैटाैं लमजुङ महाेत्सवमा लमजुङ उद्याेग बाणिज्य संघले २३ लाख रूपैयाँ नाफा गरेकाे छ । संघले महाेत्सवकाे लेखापरीक्षण सम्पन्न गरी शुक्रबार पत्रकार सम्मेलन गरी महाेत्सवकाे अाय तथा ब्ययकाे हिसाब सार्वजनिक गर्ने क्रममा अध्यक्ष तथा महाेत्सव मूल समाराेह समितका संयाेजक राजेश थापाले याे जानकारी गराएका हुन् ।

बेंसीशहरमा सञ्चालन भएकाे गण्डकी प्रदेश स्तरीय लमजुङ महोत्सव २०७५ को लेखा परीक्षण प्रतिवेदन अनुसार महाेत्सवमा ८४ लाख रुपियाँको अाय ब्यय भएकाे छ । काेषाध्यक्ष भरतकुमार श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्दै लमजुङ महोत्सवमा ब्यापारीक प्रयाेजनमा राखिएका स्टलबाट १७ लाख, रेष्टुरेण्टबाट ३ लाख ८२ हजार, विभिन्न संघसंस्थाबाट अार्थिक सहयाेग २५ लाख १७ हजार ७ सय ८०, बाल उद्यानबाट ७ लाख, अनुसुचि छ अनुसार स्टलभाडाबाट १ लाख ५१ हजार ९ सय ५०, विद्यार्थी सहुलियत टिकट विक्रीबाट ३ लाख ६४ हजार २ सय ४०, पुरा टिकट विक्रीबाट १९ लाख ५० हजार ५ सय १०, सशुल्क पासबाट ३८ हजार, मूल समाराेह समितबाट  ८ हजार २ सय, गृहणाी नृत्यबाट ३ हजार ५ सय अाम्दानी भएकाे जानकारी दिए ।

त्यस्तै ब्ययतर्फ सचिवालय तथा प्रकाशनमा ३० हजार, अतिथि सत्कारमा ४ लाख ९३ हजार ८ सय ९५, स्टेशनरी तथा छपाइमा १ लाख ७१ हजार ६ सय १०, बाद्यबादक खर्च १ लाख ५७ हजार ५ सय, सुरक्षा ब्यवस्थापनमा २ लाख ४० हजार, खानेपानी तथा विद्युत खर्च ७७ हजार ३ सय ४५, अनुगमन तथा जग्गा ब्यवस्थापनमा ३ लाख ८२ हजार ५ सय र पर्यटन प्रबर्धनमा २ लाख ७४ हजार ६ सय खर्च भएकाे काेषाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै सरसफाइमा ८० हजार ७ सय ५०, छलफल तथा अन्तरक्रियामा २ लाख ४६ हजार ३१, कन्सर्टमा ३० हजार, झाँकीर्यालीमा ६७ हजार, पाेशाकमा ४५ हजार, अध्ययन अवलाेकन भ्रमणमा ४६ हजार ६ सय ५०, उपहार तथा ब्याचमा १० हजार, नृत्य तथा साहित्यिक कार्यक्रममा ९६ हजार ५ सय ६९, टिकट ब्यवस्थापनमा १ लाख ८७ हजार, मन्च तथा बजार ब्यवस्थापनमा ३० हजार १० खर्च भएकाे छ ।

सांस्कृतिक कार्यक्रम तथा कला प्रबर्धनमा  १२ हजार १ सय ८०, प्रचार प्रसारमा ५ लाख ६७ हजार २ सय ८४, ढुवानीमा १ लाख ७८ हजार ८८९, कृषि प्रबर्धनमा ५० हजार, गृहणी नृत्य निर्णायक खर्च २० हजार, कलाकार खर्च १६ लाख ६० हजार ४६०, पुरस्कार एवं उपहारमा १ लाख १७ हजार ३६०,  इन्धनमा ५३ हजार १ सय, अाैषधी उपचारमा १ लाख, बिमा खर्च ५० हजार ८ सय ७३, अान्तरिक राजस्व कार्यालय धराैटी खर्च ३० हजार , पाउनु पर्ने हिसाब १८ लाख ३१ हजार, ग्लाेबल बैंक माैज्दात २ लाख, कृषि बिकास बैंक माैज्दात ९८ हजार ५ सय र ग्लाेबल बैंक माैज्दातमा ७ लाख ७३ हजार ४०८ रहेकाे काेषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महाेत्सवमा रकम उठ्न बाँकी १८ लाख ३१ हजार रुपियाँ  छ भने तिर्न बाँकी ५ लाख ९३ हजार ३ सय ३४ रुपियाँ  छ । प्रतिवेदनमा महाेत्सवकाे मुख्य प्रायोजन गरेकाे इपान नेपालले ७ लाख ३० हजार रुपियाँ दिन बाँकी देखाइएकाे छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश थापाले महोत्सवको प्रति टिकट एक रुपियाँ ५० पैसाका दरले जिल्लाका सामाजिक संघसंस्थालाई सहयोग गरे । बेंसीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्र, मानवसेवा आश्रम र तार्कुघाटस्थित सर्वोदय सेवा आश्रमलाई ७२ हजार १ सय ७५ रुपियाँका दरले सहयाेग प्रदान गरिएको हाे । महाेत्सवकाे टिकट बिक्रीकाे पैसाले दैवी प्रकोप उद्धार कोषमा ४८ हजार १ सय १६ रुपियाँ जम्मा गरिएको अध्यक्ष थापाले बताए । साेही अवसरमा उनले मानवसेवा आश्रम लमजुङकी संयोजक अनिता अधिकारी, सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलिया र आदर्श महिला तथा बालविकास केन्द्रकी सचिव हुमा गुरुङलाई सहयाेग रकमकाे चेक हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा २०७४ माघ २९ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन गरिएको बेंसीसहर महोत्सवको आयव्याय पनि प्रस्तुत गरिएको थियाे । संघकाे बेंसीसहर इकाईले सञ्चालन गरेको महोत्सवमा १० लाख ४७ हजार २ सय ५१ रुपियाँ नाफा भएको इकाइका सचिव विपिन श्रेष्ठले बताए ।

कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष गुणराज सिलवाल, तृतीय उपाध्यक्ष अशोक अधिकारी, लगायतको उपस्थिति थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *