वार्तामा अाउन विप्लव समूहलाइ भट्टराइकाे अाग्रह

बेसीशहर, असार २८ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा स्थायी कमिटी सदस्य योगेश भट्टराईले हतियारकाे राजनीति छाेडेर वार्तामा अाउन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा माअाेवादीलाइ अाग्रह गरेका छन् ।

बेसीशहरमा शनिबार अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै नेता भट्टराइले हत्या हिसंाकाे राजनीति गर्नेहरूकाे भविष्य नभएकाे भन्दै वार्तामा अाउन नेकपा माअाेवादीलाइ अाग्रह गरेका हुन् । उनले विप्लव समूह वार्तामा अाए नेकपासंग पार्टी एकीकरण समेत गर्न सकिने साे अवसरमा बताए ।

नेकपा निकटका पत्रकारहरूकाे संगठन प्रेस संगठनले अायाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उनले पार्टी एकताको बाँकी काम यही साउनको पहिलो हप्ताभित्रै पूरा हुने जानकारी दिए । दुवै पार्टी अलग/अलग स्कूलिङबाट आएकाले केही समस्या देखिए पनि एकताकै कारण पार्टी बलिया भएकाे उनले बताए । उनले एकताकाे कारण नै संघ, प्रदेश र स्थानीय सरकारमा नेकपाकाे दुइ तिहाइरहेकाे भन्दै जनताका विश्वासलाइ डगमगाउन नदिन हरेकले अाफ्नाे तहबाट काेशिस गर्नु पर्ने र याे सफलतालाई अवसरका रुपमा लिनु पर्ने बताए ।

विभिन्र कारणले पार्टीभित्रैबाट सरकारकाे अालाेचना भइरहेका बेला नेता भट्टराइले  सरकारले साेचे जति काम गर्न नसकेपनि एेन, नियम तथा कानुनहरू बनेका, सरकारकाे तहगत संरचना, कर्मचारी ब्यवस्थापन लगायतका काम भएकाे भन्दै सरकारकाे बचाउ गरे । नेता भट्टराईले सरकार गठन भएकाे १५ महिनाको समिक्षा गरी सरकारका मन्त्रीहरूले राम्रो गर्न नसके हटाउन सुझाव दिए । यद्यपी कसलाइ हटाउने भन्ने बारेमा भने उनले मुख खाेल्न चाहेनन् ।

भट्टराईले  सबै दल मिलेर मुलुकलाइ समृद्धिकाे बाटाेमा लैजानु पर्ने भन्दै यसका लागि प्रमुख प्रतिपक्ष कांग्रेसकाे समेत सहयाेग लिनु पर्नेमा जाेड दिए । उनले कांग्रेससँग प्रतिपक्षको हैसियतले सहकार्य गर्नु पर्ने भन्दै प्रतिस्पर्धा पनि  कांग्रेसंगै हुने बताए । देशमा रहेका अन्य दलहरू च्याँखे थाप्नेबाहेक अरू काम नभएकाे र उनीहरूकाे भविष्य पनि नरहेकाे चर्चा गरे ।

पूर्व एमाले निकट प्रेस चौतारी लमजुङका अध्यक्ष दलबहादुर मजाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य महेन्द्रलाल श्रेष्ठ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मी अधिकारी,  नेकपा जिल्ला कमिटीका सदस्य एवं पूर्व एमाले सचिव कृष्णप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *