सुन्दरबजारमा लायन्स क्लबकाे प्रि जाेन मिटिङ

बेसीशहर, असार २९ गते ।

लायन्स क्लब अफ सुन्दर बजारको आयोजनामा लायन्स क्लब इण्टरनेशनल ३२५ बि १ ,क्लस्टर -१५, रिजन ३० ,जोन -६६को प्री-जोन मिटिङ लमजुङको सुन्दर बजारमा सम्पन्न भएकाे छ ।

लायन्स क्लव इन्टरनेशनल जोन -६६ का अध्यक्ष लायन कवि राज श्रेष्ठको अध्यक्षता र क्लस्टर १५ का प्रमुख लायन चुडामणि दहालको प्रमुख आथित्यततामा सम्पन्न कार्यक्रममा एम्बास्डर अफ गभर्नर लायन राजकुमार श्रेष्ठ , रिजन -३०का प्रमुख लायन देबु श्रेष्ठ मास्के , जोन -६५का चियर पर्सन लायन बिकास थापा , क्याबिनेट पि. आर.ओ.राम बाबू श्रेष्ठ , लायन्स क्लब अफ सुन्दर बजारका प्रेसिडेन्ट लायन बिष्णुकुमार श्रेष्ठ , लायन्स क्लब डुम्रेको प्रेसिडेन्ट लायन सरिता पिया,लायन्स क्लब अफ बेशिसहरका प्रेसिडेन्ट ताराराज घले ,लायन्स क्लब तनहुँ भानुभक्तका अध्यक्ष कपिल पाण्डे , लियो क्लब अफ सुन्दर बजारका अध्यक्ष अनिशा श्रेष्ठ लगायतको उपस्थिति थियोे ।

उक्त अवसरमा ४ वटा लायन्स क्लबका अध्यक्षले लायन बर्ष २०१९/२० को लागि आ-आफ्नो क्लबको भावी कार्यक्रम प्रस्तुत गरेका थिए । साे अवसरमा प्रमुख अतिथि लायन चुडामणि दाहालले धेरै भन्दा थाेरै तर प्रभाबकारी कार्यक्रम गर्न सुझाव दिदै श्राेत संकलनका लागि विभिन्न उपायाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एम्बासडर अफ गभर्नर लायन राजकुमार श्रेष्ठले सदैव क्लबहरुको प्रभाबकारी सन्चालनको लागि सहयोग गर्ने बताए । रिजन ३० का हेड लायन देबु मास्के श्रेष्ठले लायन्स क्लबले कार्यक्रम प्रस्ताब ल्याएमा आफुले समन्बय गर्ने जानकारी दिए । जोन ६६ का अध्यक्ष एवं कार्यक्रमका सभापति लायन कविराज श्रेष्ठले सबै क्लबको भाबि कार्यक्रम उत्कृष्ट रहेकोेले कार्यक्रम कुशल रुपमा सन्चालन हुनेमा आफू बिस्वस्त भएको बताए। साे अवसरमा क्याबिनेट पिआरओ लायन रामबाबु श्रेष्ठले लायनिजमको बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमको सन्चालन लायन्स क्लब अफ सुन्दर बजारका फर्स्ट भि पि लायन ज्ञानेन्द्र शर्माले गरेका थिए । उक्त अवसरमा लायन्स क्लब अफ सुन्दर एबम सुन्दर बजार चेम्बरका अध्यक्ष बिस्णुकुमार श्रेष्ठले लायन बर्ष २०१९/२० मा क्लबले सन्चालन गर्ने विभिन्न २७ वटा कार्यक्रमहरु प्रस्तुत गर्दै कार्यक्रमको सफल र प्रभावकारी सन्चालनको लागि सबै सरोकारवाला निकायहरुसंग अनुरोध गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *