अार्थिक विधेयक पुनरावलाेकन गर्न लमजुङ उद्याेग बाणिज्य संघकाे अाग्रह

बेसीशहर, साउन २ गते ।

लमजुङ उद्याेग बाणिज्य संघले सरकारले जारी गरेकाे अार्थिक विधेयकका केही प्राबधानहरू समयसापेक्ष र ब्यवहारिक नभएकाे भन्दै पुनरावलाेकनका लागि सरकारसंग अाग्रह गरेकाे छ ।

संघले बिहीबार यस सम्बन्धमा प्रेस विज्ञप्ती प्रकाशित गरी सरकारकाे ध्यानाकर्षण गराएकाे छ । विज्ञप्तीमा संघले यही साउन १ गतेदेखि लागू हुन लागेकाे विधेयकका कतपय प्रावधानकाकारण सम्बन्धित पक्षले झण्झट र मर्का खेप्नु पर्ने भन्दै पुनरावलाेकनकाे माग गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय तथा नेपाल उद्याेग बाणिज्य संघमार्फत संघले सरकारकाे ध्यानाकर्षण गराउँदै सरकारले साउन १ गतेदिख लागू हुने गरी ब्यवस्था गरे अनुसार ब्यवसायीक प्रायेजनका लागि मालबहाक सवारी साधनबाट मालसामान असार  पसार गर्नु पूर्व साे मालसामानकाे विवरण वेभमा अधारित “भेइकल एण्ड कन्साइनमेण्ट ट्रयाकिङ सिस्टम” मा दाखिला गर्नु पर्ने अनिवार्य गरिएके ब्यवस्था कार्यान्वयन गर्न पहाडी क्षेत्रमा असम्भव हुने जनाएकाे हाे । अवश्यक पुर्वाधार, भैगाेलिक विकटता, जनशक्ति लगायतका कारण पर्यप्त पूर्वतयारी विना याे प्रणाली लागू गर्न लागिएकाे जनाउँदै संघले हाललाइ भन्सार जाँचपास पछिका मालबहाक सवारी तथा ठूला उद्याेगका लागि मात्र यस्ताे ब्यवस्था गर्न अग्रह गरेकाे छ ।

संघले यातायातका साधनहरू मार्फत ढुवानी गर्दा १३ प्रतिशत मूल्य अभिबृद्धि कर अनिवार्य समावेश गर्नु पर्ने प्रावधान प्रति पनि विराेध जनाएकाे छ । संघले यस्ताे ब्यवस्थाले वस्तुकाे मूल्यबृद्धि भइ उपभोक्तामा समेत प्रत्यक्ष प्रभाव पर्ने हुनाले पुनर्विचारका लागि अनुरेध गरेके छ । त्यस्तै उद्याेग ब्यवसायमा काम गर्ने कामदारले पाउने ज्याला तथा तलब बापत एकहजार भन्दा माथिकाे भुक्तानीमा अनिवार्य स्थायी लेखा नम्बर अवश्यक पर्ने प्रावधानले दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मैसमी रेजगारीकाे ब्यवस्था भएकाे क्षेत्रमा याे लागू गराउन नसिकिने भएकाले यस्ताे ब्यवस्था अब्यवहारिक हुने ठहर संघले गरेके छ ।

त्यसैगरि समग्र एनमा विदेशी मजदुरके बारेमा प्रष्ट  ब्यवस्था नभएकाले यस विषायमा प्रष्ट पार्न पनि संघले अग्रह गरेकाे संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवालले जानकारी दिए  । उनका अनुसार साे पत्र सहायक प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ पठाइएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *