कैदीबन्दीले गरे कारागारमै खेलकुद प्रतियोगिता

शान्ता कमली
लमजुङ १९ साउन

कारागार लमजुङका कैदीबन्दीहरुले उत्सवकै रुपमा खेलकुद प्रतियोगिता आयोजना गरेका छन् । कारागार भित्र रहेका कैदीबन्दीहरुले श्रावणको १९ देखि २२ सम्म खेलकुद दिवस मनाउने निर्णय गरी दोश्रो पटक कारागार भित्रै खेलकूद प्रतियोगिताको आयोजना गरेका हुन् । कैदीबन्दीहरुले कारागार भित्रै खेलकुद समिति गठन गरी पुरुष र महिला कैदीबन्दीहरु विच विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरेका हुन् ।

चारदिन सम्म सञ्चालन हुने प्रतियोगितामा फुटवल, चेस र क्यारमबोर्ड, बेलुन फुटाई, सियो धागो, क्रिकेट लगायतका प्रतियोगिता रहेका छन् । कारागारका जेलर विष्णु प्रसाद पौडेलले कारागारको व्यवस्थापनमा कैदी बन्दीलाई खेलकुद प्रतियोगिता गरिएको बताए । कारागारले यसअघि उपलब्ध गराएको खेलकुद सामग्री र थप सहयोग जुटाएर उनीहरूले प्रतियोगिता आयोजना गरेको कारागारका जेलर पौडेलले बताए ।

आईतबार एक कार्यक्रमका विच सहायक प्रमूख जिल्ला अधिकारी अनिलकुमार शाहीले खेलकुद प्रतियोगिताको उद्घाटन गरे । सहायक प्रजिअ शाहीले बन्दी जिवन विताईरहदा पनि सामाजिक, मानसिक र शारिरक स्वस्थताको लागि कारागार भित्र नै सौहार्दपुर्ण खेलकुँद प्रतियोगीता हुनु धेरै राम्रो विषय रहेको बताए । बन्दी जिवन बिताइरहेका कैदीबन्दीहरु खेलकुद प्रतियोगीतामा सहभागी हुँदा निकै खुसी भएको बन्दी राजन पोख्रेलले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *